नेभिगेशन
सबै कुरा

गौशाला धर्मशाला खाली गराउन चौथो पटक पनि नगर प्रहरीलाई अवरोध

काठमाडौँ । पशुपतिको गौशाला धर्मशाला खाली गराउन नगर प्रहरीलाई चौथो पटक पनि अवरोध भएको छ । बुधबार धर्मशाला क्षेत्रमा पुगेको नगर प्रहरीलाई नेपाल प्रहरीले अवरोध गरेको महानगर प्रहरी बलले जनाएको छ। महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धर्मशाला खाली गराउन आएको टोलीमाथि प्रहरीले अवरोध गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामी चौथो पटक आज पुनः यहाँ आएका छौँ,’ पाण्डेले सिधाकुरासँग भने,‘ हामीलाई पुनः अवरोध भएको छ । नेपाल प्रहरीले धर्मशाला खाली गराउन दिएको छैन् । हामी बाेर्ड राख्दैछाैँ ।’ धर्मशाला खाली गराउन लागि परेको महानगरलाई पटक पटक अवरोध भएको र अहिले पनि विवाद भइरहेको उपरीक्षक पाण्डेले सिधाकुरालाई बताए ।

Ncell
Extreme Energy

मारबाडी सेवा समितिले सञ्चालन गरिरहेको पशुपतिनाथ क्षेत्रको गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको भएको अदालतको फैसलासँगै कोष र महानगरबीच धर्मशाला व्यवस्थापनको समझदारी भएको थियो । सोही समझदारीअनुसार कोषले धर्मशाला व्यवस्थापनका लागि समितिबाट खाली गराउन सहयोगका लागि महानगरलाई पत्राचार गरेको थियो । 

कोषको पत्र पछि महानगरले धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउन प्रयास गरिरहेको छ । तर, माथिको आदेश भन्दै नेपाल प्रहरीले महानगर प्रहरीलाई पटक पटक अवरोध गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...