नेभिगेशन
सबै कुरा

पशुपतिको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको डोजर प्रहरीको नियन्त्रणमा

काठमाडौँ । पशुपतिको गौशाला धर्मशाला खाली गराउन नगर प्रहरीलाई चौथो पटक पनि अवरोध भएको छ । बुधबार धर्मशाला क्षेत्रमा पुगेको नगर प्रहरीलाई नेपाल प्रहरीले अवरोध गरेको महानगर प्रहरी बलले जनाएको छ। महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धर्मशाला खाली गराउन आएको टोलीमाथि प्रहरीले अवरोध गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


‘हामी चौथो पटक आज पुनः यहाँ आएका छौँ,’ पाण्डेले सिधाकुरासँग भने,‘ हामीलाई पुनः अवरोध भएको छ । नेपाल प्रहरीले धर्मशाला खाली गराउन दिएको छैन् । हामी बोर्ड राख्दैछौँ ।’ धर्मशाला खाली गराउन लागि परेको महानगरलाई पटक पटक अवरोध भएको र अहिले पनि विवाद भएको उपरीक्षक पाण्डेले सिधाकुरालाई बताए । महानगरेको टोली २ वटा डोजर लिएर धर्मशाला खाली गराउन पुगेको थियो । उक्त डोजर गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको छ । 

मारबाडी सेवा समितिले सञ्चालन गरिरहेको पशुपतिनाथ क्षेत्रको गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको भएको अदालतको फैसलासँगै कोष र महानगरबीच धर्मशाला व्यवस्थापनको समझदारी भएको थियो । सोही समझदारीअनुसार कोषले धर्मशाला व्यवस्थापनका लागि समितिबाट खाली गराउन सहयोगका लागि महानगरलाई पत्राचार गरेको थियो । 

कोषको पत्र पछि महानगरले धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउन प्रयास गरिरहेको छ । तर, माथिको आदेश भन्दै नेपाल प्रहरीले महानगर प्रहरीलाई पटक पटक अवरोध गरिरहेको छ । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रिय  जीवन बीमा कम्पनीमा ट्रेड युनियनको दादागिरी, सिईओको कार्यकक्षमा टेबल फोडाफोड

राष्ट्रिय  जीवन बीमा कम्पनीमा ट्रेड युनियनको दादागिरी, सिईओको कार्यकक्षमा टेबल फोडाफोड

‘यो घटना २५ गते सोमबारको हो । म कार्यकक्षमा थिएँ । कर्मचारीको सेवा सुविधा थप नगरेको विषयमा म र मेरो कार्यकक्षमा आक्रमण भयो’ सिइयो पन्थीले सिधाकुरासँग भने,‘कानुन र...
बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

यो विशेष क्याम्पेन मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित...
निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छः गृहमन्त्री

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छः गृहमन्त्री

गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै...
परराष्ट्र मन्त्रालयले भन्यो, 'मध्यपूर्वको द्वन्द्वका कारण नेपाल फर्कन चाहनेहरुलाई सरकारले जसरी पनि उद्दार गर्छ'

परराष्ट्र मन्त्रालयले भन्यो, 'मध्यपूर्वको द्वन्द्वका कारण नेपाल फर्कन चाहनेहरुलाई सरकारले जसरी पनि उद्दार गर्छ'

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रले मध्यपूर्वका देशमा गएका श्रमिकहरुलाई समस्या देखिए जसरी पनि उद्दार गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्यपूर्वी देशमा रहेका...