नेभिगेशन
सबै कुरा

पशुपतिको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको डोजर प्रहरीको नियन्त्रणमा

काठमाडौँ । पशुपतिको गौशाला धर्मशाला खाली गराउन नगर प्रहरीलाई चौथो पटक पनि अवरोध भएको छ । बुधबार धर्मशाला क्षेत्रमा पुगेको नगर प्रहरीलाई नेपाल प्रहरीले अवरोध गरेको महानगर प्रहरी बलले जनाएको छ। महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धर्मशाला खाली गराउन आएको टोलीमाथि प्रहरीले अवरोध गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy

‘हामी चौथो पटक आज पुनः यहाँ आएका छौँ,’ पाण्डेले सिधाकुरासँग भने,‘ हामीलाई पुनः अवरोध भएको छ । नेपाल प्रहरीले धर्मशाला खाली गराउन दिएको छैन् । हामी बोर्ड राख्दैछौँ ।’ धर्मशाला खाली गराउन लागि परेको महानगरलाई पटक पटक अवरोध भएको र अहिले पनि विवाद भएको उपरीक्षक पाण्डेले सिधाकुरालाई बताए । महानगरेको टोली २ वटा डोजर लिएर धर्मशाला खाली गराउन पुगेको थियो । उक्त डोजर गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको छ । 

मारबाडी सेवा समितिले सञ्चालन गरिरहेको पशुपतिनाथ क्षेत्रको गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको भएको अदालतको फैसलासँगै कोष र महानगरबीच धर्मशाला व्यवस्थापनको समझदारी भएको थियो । सोही समझदारीअनुसार कोषले धर्मशाला व्यवस्थापनका लागि समितिबाट खाली गराउन सहयोगका लागि महानगरलाई पत्राचार गरेको थियो । 

कोषको पत्र पछि महानगरले धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाउन प्रयास गरिरहेको छ । तर, माथिको आदेश भन्दै नेपाल प्रहरीले महानगर प्रहरीलाई पटक पटक अवरोध गरिरहेको छ । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

एनपिएलमा आज जनकपुरविरुद्ध काठमाडौं र कर्णालीविरुद्ध विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुईटा खेल हुँदैछ ।
केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

केरौन सबस्टेसन निर्माण सम्पन्न, विद्युत आपूर्तिमा सुधार हुने

मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ...
मनास्लुको स्याउ गोदाममै थन्कियो

मनास्लुको स्याउ गोदाममै थन्कियो

बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् ।
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।