नेभिगेशन
सबै कुरा

विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको शिशु विक्रि गरिएको खुलासा

५ भदौ, मोरङ । विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको शिशुलाई बिक्री गरेको पाइएको छ । बच्चा विक्रि गरेको आरोपमा अस्पतालका डाक्टर तपेश्वरलाल कर्ण, अस्पतालकी कर्मचारी सुधा राजवंशी र डाक्टर कर्णको क्लिनिकमा काम गर्ने कर्मचारी निर्मला यादव र  गोविन्द राई नामका अर्का एक युवक पक्राउ परेका छन् । 

प्रहरीको प्ररम्भिक अनुसन्धानले शिशुको ५० हजार रुपैयाँमा विक्रि गरिएको पाइएको छ । जसमा डा. कर्णकै संलग्नता देखिएको छ भने कर्मचारीले डिल गरेको प्रहरीले बताएको छ । 

प्रहरीले शिशुको मोरङको कटहरी गाउँपालिका – २ बाट उद्धार गरेको हो । शिशु दिलमाया राजवंशीलाई बिक्री गरेको खुलेको छ । बयानका क्रममा ५० हजार रुपैयाँमा विक्रि गरिएको बताएपनि रकम यो भन्दा धेरै हुनसक्ने प्रहरीको अनुमान छ । 

अहिले शिशुको अवस्था सामान्य छ भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
५ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

५ किलो चरेशसहित होटल सञ्चालक पक्राउ

बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई उक्त चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले...
शवको हड्डी विक्रि प्रकरणः १० हजार धरौटी बुझाएर रिहा भए ४ जना

शवको हड्डी विक्रि प्रकरणः १० हजार धरौटी बुझाएर रिहा भए ४ जना

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्तिलाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो ।
अरनीको पाँडेलाई साइबर मुद्दा: श्रीमतीकी साथीले एक्लै भेट्न खोजेपछि पठाएका थिए अश्लील म्यासेज (बयानसहित)

अरनीको पाँडेलाई साइबर मुद्दा: श्रीमतीकी साथीले एक्लै भेट्न खोजेपछि पठाएका थिए अश्लील म्यासेज (बयानसहित)

अदालतमा दायर भएको अभियोग पत्रमा पाँडेलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिम कसुर गरेको ठहर गर्दै सोही दफाअनुसार एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म...
नेकपा एमालेका केन्द्रीय सदस्य महर पक्राउ

नेकपा एमालेका केन्द्रीय सदस्य महर पक्राउ

बुधबार काठमाडौं जिल्ला अदालतले विद्युतीय अपराध कसुरको उजुरीका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।