नेभिगेशन
सबै कुरा

पोखरामा रास्वपा आन्दोलन भड्काउने प्रशासनकाे दाउ, कार्यक्रम गर्न सहमति गरेको ठाउँमा एकाएक निषेधित क्षेत्र घोषणा

पोखरा । पोखरामा रास्वपा आन्दोलन भड्काउँन प्रशासन नै उद्दत देखिएको छ । शनिवार रास्वपालाई कार्यक्रम गर्न सहमति गरेको ठाउँमा केहीबेर अघि एकाएक प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।   प्रशासनले महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रशासन कार्यालय कास्की जारि गरेको विज्ञप्ती अनुसार शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतफ) पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधीत क्षेत्र तोकिएको छ । 

Ncell
Extreme Energy

यस्तै गैह्रापाटन आसपासका क्षेत्र पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

शहिद चोकमा कार्यक्रम गर्न प्रशासनले नै दिएको थियो अनुमती

आइतबारको विरोध प्रदर्शन शहिद चोकमै गर्न जिल्ला प्रशासन कार्यालयले नै रास्वपालाई अनुमती दिएको रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराले बताए । शनिबार प्रशासनका अधिकारीहरु छलफल गरेरै प्रशासनको अनुमती अनुसारनै शहिद चोकमा कार्यक्रमा सुरु गरिएको थियो, तर प्रहरी प्रशासन डराएर एकाएक निषेधित क्षेत्र घोषणा गर्यो, रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...