नेभिगेशन
सबै कुरा

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

१७ असोज, काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज बिहानसम्म चार रेक्टर स्केलभन्दा माथिका ११ भूकम्प गइसकेको जानकारी दिए । 

City Express

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टरस्केल, ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ४ः३१ बजे सुवेडा केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टर स्केल, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर पाँच रेक्टर स्केल र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको भूकम्प गएको सो केन्द्रले जनाएको छ ।

यसैगरी गयराति १२ः१६ बजे दामेना केन्द्रविन्दू भएर चार दशमलव एक, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर चार दशमलव तीन र आज बिहान ५ः४३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउँछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने । 

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउनसक्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच दिनदेखि बेपत्ता दुई इटालियन नागरिकको शव फेला

पाँच दिनदेखि बेपत्ता दुई इटालियन नागरिकको शव फेला

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले...
सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

सुविधासँगै पर्यटक पनि तानिरहेको दोधारा चाँदनी पुल(तस्बिरहरु)

यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहजता मात्र भएकौ छैन । पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक...
प्रतितोला १ हजार ४०० ले घट्यो सुनको मूल्य

प्रतितोला १ हजार ४०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।
दुर्लभ पन्छी चिरकालिजको अध्ययन,  १६ वर्षअघिको तुलनामा यस वर्ष संख्या बढ्यो

दुर्लभ पन्छी चिरकालिजको अध्ययन,  १६ वर्षअघिको तुलनामा यस वर्ष संख्या बढ्यो

“सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उनले भने, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको...