नेभिगेशन
सबै कुरा

काठमाडौंमा प्रक्रिया नै पूरा नगरी बिक्री हुन्छन् पिउने पानी

१७  असोज,   काठमाडौं । काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रुपमा गरेको अनुगमनका क्रममा यस्ता किसिमका त्रुटि फेला परेको जनाएको हो । महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाका अनुसार अहिले पिउने पानीमा नै ठूलो समस्या रहेको छ, जहाँ  मिसावट र अखाद्य कम भेटिए पनि प्रक्रिया नै पूरा नगरी बिक्री वितरण हुनु समस्या हो ।  

Extreme Energy

पानी वितरण प्रक्रिया अव्यावहारिक र कानुन विपरीत रहेको जनाउँदै डा झाले नियमित अनुगमन गरेर कारबाहीको दायरामा ल्याउने बताए। उनले भने, “यसमा उपभोक्ताले पनि ध्यान दिन आवश्यक छ, कस्तो जारको पानी खाँदैछौँ त्यस विषयमा ध्यान दिनुपर्छ, बाहिरीरुपमा कुच्चिएको, पुरानो र बिल बिनाका जारको पानी किन्नु हुँदैन ।”

त्यसैगरी जारको बिर्कोमा भएको संस्थाको नाम र लेबलमा भएको संस्थाको नाम एकै हुनुपर्छ, लेबल नराखिएको जारको पानी प्रयोग नै नगर्न उनले उपभोक्तालाई आग्रह गरे । माथि उल्लिखितभन्दा फरक जार बिक्री वितरण गरेको पाइए महानगरको कृषि विभागमा जानकारी दिन पनि प्रमुख झाले आग्रह गरेका छन् । हाल काठमाडौं महानगरपालिकाभित्र पानी वितरण गर्ने एक सय ८० संस्था रहेका छन् ।   

विभागले अहिले महानगरका ३२ वटै वडामा पानीको अनुगमन गरिरहेको छ । महानगरले चालु आर्थिक वर्षमा पानीसँगै दूध र तेलको पनि गहिरिएर अनुगमन गर्ने जनाएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवं घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन नियमित रुपमा भइरहेको महानगरले जनाएको छ । 

महानगरले पिउने पानीका लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घर लगायतका बारेमा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कामपाले नियम विपरीत सञ्चालन भएको माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीका जार नष्ट गरेको छ । माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीले महानगरको कार्यालयसहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो । महानगरले पानीको गुणस्तरसँगै पानी राख्ने जारको बाहिरी अवस्थाको बारेमा जानकारी लिएर नियम विपरीतलाई कारबाही र जार नष्टसमेत गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...