नेभिगेशन
सबै कुरा

प्राधिकरणले बक्यौता नबुझाएका ४३ उद्योगका विद्युत काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। प्राधिकरणले यस अघि १५ दिन भित्र डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको बक्यौता महसुल बुझाउन समय दिएको सयम बिहीबार साँझ सकिएपछि प्राधिकरणले ८ बजेबाट महसुल नबुझाएका उद्योगको लाइन काट्न सुरु गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणले घोराही सिमेन्ट, सोनापुर सिमेन्ट,अर्घाखाँची सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  र बाबा जुट मिल लगाएतका उद्योगका लाइन काटेको छ । 

Ncell
Extreme Energy

अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले आफ्नो उद्योगको लाइन काटिएको पुष्टि गरे । अर्घाखाँची सिमेन्ट देखि एसआर फुड्स लगायतका १० उद्योगको लाइन काटिएको जानकारी आएको छ, अग्रवालले सिधाकुरासँग भने, हाम्रो उद्योगको लाइन ८ बजेर ८ मिनेटमा काटिएको थियो । अरुको त्यस लगत्तै काट्न थालिएको छ । 

प्राधिकरणकाअनुसार पछिल्लो समय उधारो बाँकी रहेका ७ उद्योगले मात्रै वक्यौता तिरेका थिए । बाँकी वक्यौता रहेका र म्याद भित्र रकम नतिर्नेको लाइन काटिने प्राधिकरणले जनाएको छ । 

अर्घाखाँची सिमेन्टका सञ्चालक एवम् नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति अग्रावालले विद्युत् प्रयोग गरेको प्रमाण नदिइ उद्योगको लाइन काटेर ज्यादती भएको बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।