नेभिगेशन
सबै कुरा

अमेरिका पुगेर गभर्नरले भने, 'नेपालको वित्तीय अवस्था सन्तोषजनक छ'

अमेरिका । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्र स्थिर, मुद्रास्फीति सन्तुलित एवं विदेशी मुद्रा सञ्चिति राम्रो रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सार्क फाइनान्स गभर्नर्स फोरमको ४६औँ बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले उक्त धारणा राखेका हुन् । गभर्नर अधिकारीले भने, “नेपालको विदेशी मुद्रा सञ्चितिले १३ महिनाका लागि वस्तु तथा सेवाको आयातका लागि पर्याप्त छ । नेपालको विप्रेषण आप्रवाहको वृद्धि र वित्त बजार स्थिर रहेको छ ।”

Ncell
Extreme Energy

उक्त फोरममा सार्क राष्ट्रका गभर्नरहरूको सहभागिता रहेको थियो । सार्क फाइनान्स गभर्नर्स फोरममा क्षेत्रीय वित्तीय सहयोग, त्यस क्षेत्रमा सहकार्यात्मक अनुसन्धान तथा क्षमता अभिवृद्धिको विषयमा समेत छललफल भएको जनाइएको छ ।

गभर्नर अधिकारी अर्थमन्त्री विष्णु पौडेलेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सहभागी भएर विश्व बैङ्कको विभिन्न बैठकमा सहभागिता जनाउँदै आएका छन् । यसैगरी, ‘साइडलाइन’ बैठकअन्तर्गत शुक्रबार नै गभर्नर अधिकारीले पाकिस्तानका गभर्नर जमेल अहम्मदसँग भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्चको आदेशमा छुटे पाण्डे

सर्वोच्चको आदेशमा छुटे पाण्डे

आजै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको थियो।
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
९ महिनामा १६ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

९ महिनामा १६ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव दुई प्रतिशतले बढेको थियो । विवरणअनुसार, गत चैत महिनामा विप्रेषण आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड रुपैयाँ रहेको छ...
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरहको पदमा कार्य...