नेभिगेशन
सबै कुरा

रविमाथि सत्ताको प्रतिशोध विरुद्धको आन्दोलन थप सशक्त बनाउँछौँ : रास्वपा चितवन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले रविमाथिको राजनीतिक प्रतिशोध विरुद्धको आन्दोलन नरोकिने बताएको छ । शनिबार रास्वपा चितवनले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरूले विरोध कार्यक्रम थप सशक्त बनाउने घोषणा गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुरको शहिद चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै रास्वपाका केन्द्रिय सदस्य एवम् सांसद बिराजभक्त श्रेष्ठले राज्यको दमन विरुद्धको आन्दोलन नरोकिने बताए । 

Ncell
Extreme Energy


वास्तविक सहकारी पीडितलाई जोगाएर सरकारले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको उनको भनाई छ । अदालतबाट निष्पक्ष न्याय हुन नदिन सरकार लागेको भन्दै नेता श्रेष्ठले यसको प्रतिवाद गर्नु पर्ने बताए । 

‘सरकार वास्तविक सहकारी ठगलाई जोगाएर रविमाथि राजनीतिक प्रतिशोध साँध्न उद्यत भयो,’ पार्टीका केन्द्रिय सदस्य एवम् सांसदसमेत रहेका नेता श्रेष्ठले भने, ‘यसको विरुद्ध एकजुट भएर उभिनुको विकल्प छैन् । विरोधका कार्यक्रम झनै सशक्त बनाउनु पर्छ ।’ 


नेता श्रेष्ठले रविलाई अदालतमा म्याद थप्न लैजाँदा इजलासमा प्रहरीहरू हतियारसहित प्रवेश गरेको भन्दै आपत्ति पनि जनाए । न्यायलयलाई प्रभावित पार्न राज्य लागेको भन्दै उनले त्यसको विरोधमा एकताबद्ध हुन सबै नागरिकलाई आग्रह गरे । 

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य ध्रुब गिरीले सरकारले पार्टी सभापति रविमाथि गरेको व्यवहार गैर राजनीतिक र प्रतिशोधपूर्ण रहेको बताए । 


सरकारको उक्त कार्य विरुद्ध सबै नागरिक एकजुट भएर प्रतिवाद गर्नु पर्ने उनको भनाई छ । यस्तै अर्का केन्द्रीय सदस्य राजन गौतमले सरकार विरुद्धको आन्दोलनबाटै रवि लामिछानेलाई न्याय दिलाउने बताए । उनले देशभरका सहकारी पीडितको समस्या अब रास्वपाले बोक्ने भन्दै सहकारीमा बचत गुमाएका पीडितहरूलाई आन्दोलनमा होमिन प्रस्ताव गरे ।   


विरोध सभामा बोल्दै रास्वपा चितवनका सभापति कृष्ण भुसालले रविमाथिको राजनीतिक प्रतिशोधको आन्दोलन नरोकिने बताए । प्रशासन र विरोधीहरूले आन्दोलन बिथोल्न अफवाह फैलाउन सक्नेतर्फ सचेत रहन भन्दै सभापति भुसालले आन्दोलनबाटै सभापति माथिको अन्यायलाई न्यायमा रूपान्तरण गर्ने बताए ।  


विरोध सभालाई सम्बोधन गर्दै रास्वपा शिक्षा विभागका उपप्रमुख कृष्णहरी पौडेल नयाँ राजनीतिक दलमाथि पुराना दलले गरेको व्यवहार विरुद्ध आन्दोलनको विकल्प नभएको बताए । सरकारले रवि माथि गरेको अत्याचारको विरुद्ध चितवन एक भएर अघि बढ्ने भन्दै नेता पौडेलले आन्दोलनका कार्यक्रम झनै सशक्त बनाएर अघि बढ्ने बताए । 

विरोध कार्यक्रममा सामाजिक अभियन्ता यमलाल भण्डारीले पनि सम्बोधन गरेका थिए । उनले जनताको परिवर्तनको आशा रवि रहेको भन्दै उनको विरुद्ध सरकारले देखाएको रवैया विरुद्ध एकजुट हुन आह्वान गरे । 

शनिबार रविमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध   नारायणगढको लायन्स चोक देखी पैदल विरोध ¥याली सुरु भएको थियो । उक्त विरोध ¥याली शहिद चोक पुगेपछि केहीबेर सडकमा सुतेर रास्वपा नेता कार्यकर्ताले विरोध जनाएका थिए । विरोध ¥याली पुल्चोक पुग्दै गर्दा प्रहरीले बाटो छेकेपछि केहीबेर धकेलाधकेल भएको जिल्ला सभापति भुसालले बताए ।

प्रहरीको हस्तक्षेप पछि सडकै सुत्का १० मिनेट राजमार्ग अवरुद्ध बनेको भन्दै उनले त्यसको कारण प्रहरी संयन्त्र भएको बताए । त्यासपति विरोध ¥याली शहिद चोक पुगेर कोणसभामा परिणत भएको थियो । कविरोध कार्यक्रमको सहजीकरण रास्वपा नेतृ प्रभा ढकालले गरेकी थिइन् । रास्वपा चितवनको आह्वानमा आइतबार पनि चितवनमा विरोध कार्यक्रम हुने सो पार्टीले जनाएको छ ।    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।