नेभिगेशन
सबै कुरा

राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलन जारी राख्ने रास्वपाको निर्णय, १३ गते बृहत आन्दोलनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शनिबार पार्टीको कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा आन्दोलन समित गठन गरेको छ । साथै रवि लामिछानेलाई नियतबस लामो समय हिरासतमा राख्नको लागि ७ दिन म्याद थप गरिएको गरिएको सहप्रवक्ता रमेश प्रसाईँले बताए । ‘७ दिन म्याद किन थपियो भने त्यसपछि विदा सुरु हुन्छ । भनेको ७ दिन भनेर १२ दिन राख्न पाइयो । संभवत इतिहासमै पहिलो पटक हतियारधारी प्रहरीहरु इजलासमा प्रवेश गरेका छन् ।’ उनले भने, ‘पार्टी सभापतिले आफूलाई हिरासतमा दुव्र्यवहार गरिएको र मानसिक यातना दिइएको कुरा पनि उहाँले न्यायाधीश समक्ष भन्नुभएको छ । अर्को सरकारी वकिलसँग नयाँ तथ्यहरु केही छैन । कुनै आधार प्रमाण भेटिएको छैन, तैपनि म्याद थपिएको थपियै छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै १३ गते वृहत आन्दोलनको तयारी गरिएको सहप्रवक्ता प्रतिभा अर्यालले जानकारी दिइन् । उनका अनुसार आन्दोलन काठमाडौँ केन्द्रीत हुनेछ भने बिभिन्न जिल्लाहरुमा पनि आन्दोलन गरिनेछ । आगामी आन्दोलनका विषययमा मूल समितिको बैठक चलिरहेको र समितिकाे निर्णयबारे छिट्टै जानकारी गराइने रावलले बताइन् । 

Ncell
Extreme Energy

यस्ता छन् केन्द्रीय समितिले गरेका निर्णयहरुः

१. सभातिलाई राजनीतिक प्रतिशोध साँधेर थुन्ने षड्यन्त्र देखिएकाले सरकारसँग प्रतिशोध साँधी रिहाइको माग गर्दछ

२. राजनीतिक प्रतिशोध, भ्रष्टाचार बेथितिविरुद्ध एवम् सहकारी पीडितको ८८ अर्ब फिर्त सहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने

३. आन्दोलन सञ्चालन गर्न उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा सातै प्रदेशका सभापति सहितको आन्दोलन सञ्चालन समिति मूल समित गठन गर्ने । राजनीतिक नागरिक संवादका लाटि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन पदीय समिति गठन गर्ने, आवश्यक उपसमितहरु गठन गर्ने अख्तियारी समितिलाई दिने

४. स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजन पेश गर्न निर्देशन 

५. पार्टीले विषम परिस्थितिबस स्थगन गरेका जिल्ला भेलाहरु सांगठनिक र पार्टी गतिबिधिहरु सूचारु गर्ने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।