नेभिगेशन
सबै कुरा

राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलन जारी राख्ने रास्वपाको निर्णय, १३ गते बृहत आन्दोलनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शनिबार पार्टीको कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा आन्दोलन समित गठन गरेको छ । साथै रवि लामिछानेलाई नियतबस लामो समय हिरासतमा राख्नको लागि ७ दिन म्याद थप गरिएको गरिएको सहप्रवक्ता रमेश प्रसाईँले बताए । ‘७ दिन म्याद किन थपियो भने त्यसपछि विदा सुरु हुन्छ । भनेको ७ दिन भनेर १२ दिन राख्न पाइयो । संभवत इतिहासमै पहिलो पटक हतियारधारी प्रहरीहरु इजलासमा प्रवेश गरेका छन् ।’ उनले भने, ‘पार्टी सभापतिले आफूलाई हिरासतमा दुव्र्यवहार गरिएको र मानसिक यातना दिइएको कुरा पनि उहाँले न्यायाधीश समक्ष भन्नुभएको छ । अर्को सरकारी वकिलसँग नयाँ तथ्यहरु केही छैन । कुनै आधार प्रमाण भेटिएको छैन, तैपनि म्याद थपिएको थपियै छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै १३ गते वृहत आन्दोलनको तयारी गरिएको सहप्रवक्ता प्रतिभा अर्यालले जानकारी दिइन् । उनका अनुसार आन्दोलन काठमाडौँ केन्द्रीत हुनेछ भने बिभिन्न जिल्लाहरुमा पनि आन्दोलन गरिनेछ । आगामी आन्दोलनका विषययमा मूल समितिको बैठक चलिरहेको र समितिकाे निर्णयबारे छिट्टै जानकारी गराइने रावलले बताइन् । 

Extreme Energy

यस्ता छन् केन्द्रीय समितिले गरेका निर्णयहरुः

१. सभातिलाई राजनीतिक प्रतिशोध साँधेर थुन्ने षड्यन्त्र देखिएकाले सरकारसँग प्रतिशोध साँधी रिहाइको माग गर्दछ

२. राजनीतिक प्रतिशोध, भ्रष्टाचार बेथितिविरुद्ध एवम् सहकारी पीडितको ८८ अर्ब फिर्त सहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने

३. आन्दोलन सञ्चालन गर्न उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा सातै प्रदेशका सभापति सहितको आन्दोलन सञ्चालन समिति मूल समित गठन गर्ने । राजनीतिक नागरिक संवादका लाटि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन पदीय समिति गठन गर्ने, आवश्यक उपसमितहरु गठन गर्ने अख्तियारी समितिलाई दिने

४. स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई तीन दिनभित्र कार्ययोजन पेश गर्न निर्देशन 

५. पार्टीले विषम परिस्थितिबस स्थगन गरेका जिल्ला भेलाहरु सांगठनिक र पार्टी गतिबिधिहरु सूचारु गर्ने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् ।
सहकारीका समस्याबाट सरकार पन्छिदैन : मन्त्री रावल

सहकारीका समस्याबाट सरकार पन्छिदैन : मन्त्री रावल

मन्त्री रावलले सहकारी पीडितहरुको गुनासो सुनुवाइका लागि अदालत र प्रहरीमा छुट्टै डेक्स र बेन्च स्थापना गरिने बताइन् ।

भर्खरै