नेभिगेशन
सबै कुरा

प्रचण्डलाई ओलीको जवाफः हतियार कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका हामीलाई थाहा छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै माओवादीलाई जवाफ फर्काएका छन् । आइतबार काठमाडौँमा गैह्रआवासीय नेपाल सङ्घ (एआरएनए) द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै धम्की नदिन प्रचण्डलाई सुझाव समेत दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘एकजना उफ्रि उफ्रिकन भाषण गर्दै थिए, हिजो मात्रै देखको थिएँ । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस्, चलाउन बिर्सेको छैन । त्यस्तै त्यस्तै त हामी हुन भएन नी । धम्काका भरमा खाने, म त्यसलाई चैनी फेरि हतियार कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौँ । बिसाउन चैँ लगाउन जान्या छौँ हामीले ।’

Extreme Energy

शनिबार काठमाडौँमा आयोजित खवरदारी सभामा प्रचण्डले हतियार मात्रै बिसाएको र चलाउन भने नबिर्सिएको अभिव्यक्ति दिएका थिएन । उक्त अभिव्यक्तिको जवाफ दिदै प्रधानमन्त्री ओलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए । 

त्यस्तै प्रधानमन्त्री ओलीले बितेका केही बर्षहरुमा संघको छवि कमजोर हुँदै गएको भन्दै संघलाई गैर आवासीयहरुको साझा संस्था बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने जिकिर गरे । 

संघलाई एकताबद्ध राख्न र राजनीतिक टग अफ वार नगर्न उनले आग्रह गरे । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न समेत सुझाव दिए । 

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने धारणा राखे । प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त, पुसमा निर्माण सम्पन्न गर्नुपर्नेमा प्रगति ६५ प्रतिशत मात्रै

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उनको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका...
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

रवि लामिछानेविरुद्ध यसरी षडयन्त्र गरेका थिए कांग्रेस/एमालेले, पीडितले धमाधम मुख खोल्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले पनि सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपिरहेका छन् ।
सहकारीका समस्याबाट सरकार पन्छिदैन : मन्त्री रावल

सहकारीका समस्याबाट सरकार पन्छिदैन : मन्त्री रावल

मन्त्री रावलले सहकारी पीडितहरुको गुनासो सुनुवाइका लागि अदालत र प्रहरीमा छुट्टै डेक्स र बेन्च स्थापना गरिने बताइन् ।

भर्खरै