नेभिगेशन
सबै कुरा

क्रियटिभ मेनपावरले २ दिन मात्रै भिसा बाँकी हुँदा ११ युवालाई मलेसिया पठायो, न काम दियो न दाम!

काठमाडौँको क्रियटिभ प्लेसमेन्ट सर्भिसेस ११ जना युवालाई दुई दिन मात्रै भिसा बाँकी हुँदा रोजगारीका लागि मलेशिया पठाएको पाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 क्रियटिभ मेनपावरले २ दिन मात्रै भिसा बाँकी हुँदा ११ युवालाई मलेसिया पठायो, न काम दियो न दाम!

Ncell
Extreme Energy

मलेसियामा लोड अनलोडका लागि भन्दै ११ जना युवाहरूले मेनपावरलाई ३ लाख २० हजार देखि ४ लाखसम्म बुझाएका थिए । क्रियटिभ मेनपावरबाट मलेसिया पुगेका चन्द्र प्रसाद चौधरी, बासुदेव खड्का , दीपक खड्का, हिरालाल राई, निरञ्जन चौधरी,  प्रदिप चौधरी, गजेन्द्र गिरी, अमृत राना, अमरप्रति मुखिया, मिनिया सलीम, बिलबहादुर कामी एक साता देखि अलपत्र परेको गुनासो गरेका छन् ।

मलेसियाबाट सम्पर्कमा आएका चन्द्रप्रसाद चौधरी सहित युवाहरूले मेनपावरले झुक्याएको गुनासो गरेका छन् । पैसा लिएर ६ महिनासम्म झुलाएको मेनपवारले भिसा लागिसकेपछि पनि अन्तिम समयसम्म रोकेको उनीहरू बताउँछन् ।

उनीहरूको भिसा दुई दिन हुँदा मात्रै मलेसिया पठाएको गुनासो गर्छन् । सेप्टेम्बर २६ मा उनीहरू मलेसिया पुगेका थिए । नेपालमा सम्झौता हुँदा लोड अनलोडमा मासिक २ हजार रिंगेट तलब भनेको कम्पनीले अहिले मलेसिया पुगेपछि काम लगाउन सकेको छैन् ।

सिधाकुरालाई भिडियो पठाउँदै युवाहरूले अहिले आँफुले पानीजहाज पोर्टमा काम गर्नु पर्ने भनेको बताएका छन् । साथै २ हजार सहित खाना बस्नको सुविधा भनेर पठाएको मेनपावरले अहिले मासिक १५ सय रिंगेटमा खाना खर्च कटाएर मात्रै तलब पाइने भन्न थालेका छ ।

तर काममा पठाउन सकेको छैन । मलेसियामा रहेको चन्द्र प्रसाद चौधरीले भने, हामीलाई मेडिकल गर भनेको छ तर मेडिकल गर्न चाहिने पासपोर्ट हामीसँग छैन । उनका अनुसार कम्पनीले अहिले सबै युवालाई एक सातामा खाना खानका लागि १ सय रिंगेट उपलब्ध गराएको छ भने बस्ने ठाउँको व्यवस्थापन गरेको छैन ।

मेनपावरसँग गुनासो गर्दा उल्टै धम्की दिने गरेको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको...