नेभिगेशन
सबै कुरा

धर्मका नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति गर्न नहुने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताएका हुन् । 

CG

“नेपालमा एकातिर हिन्दूू राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ”, प्रधानमन्त्री ओलीले भने, “यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।”

त्यस अवसरमा आचार्य महाश्रमणका शिष्यहरु रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नशामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूहरुले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

धर्मसँग जोडेर गलत प्रचार गरेको भन्दै डा.स्वर्णिम वाग्लेले दिए साइबर ब्यूरोमा निवेदन

‘आफूले सार्वजनिक रूपमा कहिल्यै नबोलेका र नलेखेका विषयलाई मनगढन्ते रूपमा प्रस्तुत गरी फेसबुक र एक्स (पूर्व ट्विटर) जस्ता सामाजिक सञ्जालमा व्यापक प्रचार–प्रसार गरिएको छ,’ वाग्लेले उजुरीमा भनेका छन्...
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...