नेभिगेशन
सबै कुरा

रुपन्देहीमा रवि लामिछानेको बयान तेस्रो दिन पनि जारी

काठमाडाैँ । सुप्रिम सहकारीको बचत अपचलनको अनुसन्धानका लागि रुपन्देही पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तेस्रो दिन पनि बयान जारी छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका लामिछानेको तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको हो । 

सहकारीको रकम अपचलनको अनुसन्धान गर्न मंगलबार रुपन्देही पुर्याइएका लामिछानेसँग मंगलबार र बुधबार बयान लिइएको थियो । रुपन्देहीमा बयान सकेर लामिछानेलाई आजै पोखरा लगिने बताइएको छ । पहिलो दिन मौखिक अन्तवार्ता दिएका लामिछानेसँग बुधबार भने लिखित बयान लिइएको थियो । 

मंगलबार करिब १२ बजे कास्कीबाट रुपन्देही पुर्याइएका लामिछानेलाई साँझ ५ बजेसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा मौखिक बयान लिइएको थियो । 

लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लगिएको हो। सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको कसुरमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट गिरफ्तारी दिएका लामिछानेलाई कात्तिक ४ गते जिल्ला अदालत कास्की पेस गरिएको थियो । लामिछानेलाई सुरुमा ६ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।

त्यसपछि दोस्रोपटक ७ दिनको म्याद थपिएकोमा तेस्रोपटक १० दिन थपिएको थियो। र चौथोपटक १३ दिन म्याद थपिएको थियो ।

लामिछानेलाई पक्राउको विरोधमा रास्वपाले भने देशभरि विरोध प्रदर्शन गरिरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...