नेभिगेशन
समाज

चार विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
 
प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेक थिइन् । बैठकले चारवटै प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...