नेभिगेशन
समाज

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सुनसरी । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै रोजगारीबाट मात्र मुलुकको अर्थतन्त्रको जग बलियो हुने धारणा राखे ।

Ncell
Extreme Energy

उनले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सीपयुक्त, उत्पादनशील र रोजगारी सिर्जना गर्नसक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । 
    
आन्तरिक श्रमबजारको माग र उपलब्ध जनशक्तिको सीपबीच पर्याप्त तालमेल हुन नसक्दा युवा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उनको भनाइ छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी सार्क संवाद’ विषयमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ ।

मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ । आज दिउँसो १२ः०० बजेदेखि ५ः०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थी समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ तथा रोजगारदाता र तालिम प्रदायकसम्बन्धी सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।

असोज १५ देखि १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ । मेला अवधिभर प्रदर्शनी कक्ष, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफल निरन्तर सञ्चालन हुनेछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

उनका अनुसार गोर्खाको धार्चे गाउँपालिका–२ करौँजाका ५८ वर्षीय आश गुरुङ, खोटाङको ऐँसेलु खर्क गाउँपालिका–३ का सुरज राई र रुकुमको हुकामका ५७ वर्षीय कमल बुढाको शव भेटिएको हो ।
संसदीय विशेष समिति सभापति पराजुलीको शपथ

संसदीय विशेष समिति सभापति पराजुलीको शपथ

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का नवनिर्वाचित सभापति  गणेश पराजुलीलाई  पद तथा गोपनीयताको शपथ गराएका छन्...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।