नेभिगेशन
समाज

चोलेन्द्रशमशेरले मागे सुरक्षा, को बाट छ खतरा ?

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले थप सुरक्षा मागेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार काठमाडौँ उपत्याका प्रहरी कार्यालय, रानीपोखरीमा मा आफ्नो तथा परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको भन्दै थप शान्ति–सुरक्षाको व्यवस्था गर्न निवेदन दिएका छन् । 

Ncell
Extreme Energy

राणाका छोरा सचिन्द्र शमशेर जबराले राणाको तर्फबाट  निवेदन दिँदै थप सुरक्षा व्यवस्था गर्न आग्रह गरेका हुन्।

निवेदनमा भनिएको छ, 'सामाजिक सञ्जाल लगायत मिडियाहरूमा आएका कतिपय शान्ति सुरक्षा संग सम्बन्धित प्रश्नहरूको कारण म लगायत मेरो परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस गरिरहेका छौँ। मेरो विगतमा राज्यका अंगहरूमा वहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतको कारण पनि म माथि थप असुरक्षाको महसुस भएको छ।यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु।'

cholendrako-nibedan-1790575465.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।