नेभिगेशन
समाज

चोलेन्द्रलाई बिनाउजुरी मध्यरातमा किन समात्यो प्रहरीले ?

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै नियन्त्रणमा लिएको हो । 

Ncell
Extreme Energy

प्रहरी उच्च स्रोतकाअनुसार जबराको ज्यानलाई असुरक्षा छ भनेर नेतृत्व तहबाट खबर आएपछि राती नियन्त्रणमा लिइएको हो । 

जबरालाई प्रहरी कार्यालयमा लगेर राखिएको छ । 

जबराविरुद्ध कुनै उजुरी वा निवेदन परेको छैन । बिना उजुरी मध्यराति प्रहरीले समातेपछि प्रश्न उठिरहेको छ । 

माथिको आदेशमा पक्राउ गरिएको प्रहरी अधिकारीले अनौपचारिक रुपमा बताएका छन् । औपचारिक रुपमा प्रहरी अधिकारी बोल्न मानेका छैनन् ।  

२०७५ मा प्रधानन्यायाधीश भएका जबरा २०७८ मा महाभियोग लागेपछि निलम्बनमा परेका थिए । निलम्बनमै उनले अवकाश पाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।