नेभिगेशन
समाज

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चोलेन्द्र शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।

Ncell
Extreme Energy

उनलाई अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ।

कुन कसुरमा पक्राउ गरिएको हो भन्ने चाँहि खुलेको छैन।

जबराले २०७५ पुसदेखि २०७९ मंसिरसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनी सर्वोच्च अदालतका २९औँ प्रधानन्यायाधीश हुन्।

प्रधानन्यायाधीश रहेका बेला उनीविरुद्ध न्यायपालिकाको नेतृत्व, न्यायाधीश नियुक्ति तथा विभिन्न विषयलाई लिएर विवाद र विरोध भएको थियो। २०७८ मा नेपाल बार एसोसिएसनसहितका कानुन व्यवसायीले उनको राजीनामा माग्दै आन्दोलनसमेत गरेका थिए।

त्यसपछि उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग सिफारिस समितिमा जबराले बयानसमेत दिएका थिए।

२०७९ मंसिरमा प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाभियोग प्रस्ताव टुंगोमा पुग्न सकेन। त्यसपछि उनी सर्वोच्च अदालतबाट अवकाश भएका थिए।

हाल पक्राउको कारण र उनीमाथि लगाइएको कसुरबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गर्न बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्झौता

नेपाल र बेलारुसबीच कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखिको वर्षा आजबाट कमजोर हुँदै, भारी वर्षाको जोखिम घट्यो

चार दिनदेखि जारी वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने मौसमविद् विनोद पोखरेलले बताएका छन्।
सप्तरीमा बाढीले डुबे ५०० घर

सप्तरीमा बाढीले डुबे ५०० घर

लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।