नेभिगेशन
समाज

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चोलेन्द्र शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्।

Ncell
Extreme Energy

उनलाई अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ।

कुन कसुरमा पक्राउ गरिएको हो भन्ने चाँहि खुलेको छैन।

जबराले २०७५ पुसदेखि २०७९ मंसिरसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनी सर्वोच्च अदालतका २९औँ प्रधानन्यायाधीश हुन्।

प्रधानन्यायाधीश रहेका बेला उनीविरुद्ध न्यायपालिकाको नेतृत्व, न्यायाधीश नियुक्ति तथा विभिन्न विषयलाई लिएर विवाद र विरोध भएको थियो। २०७८ मा नेपाल बार एसोसिएसनसहितका कानुन व्यवसायीले उनको राजीनामा माग्दै आन्दोलनसमेत गरेका थिए।

त्यसपछि उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग सिफारिस समितिमा जबराले बयानसमेत दिएका थिए।

२०७९ मंसिरमा प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाभियोग प्रस्ताव टुंगोमा पुग्न सकेन। त्यसपछि उनी सर्वोच्च अदालतबाट अवकाश भएका थिए।

हाल पक्राउको कारण र उनीमाथि लगाइएको कसुरबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गर्न बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।