नेभिगेशन
सबै कुरा

काठमाडौँको फोहोर व्यवस्थापनमा खुल्ला प्रतिस्पर्धा गर्न बाटो खुल्यो,नेपवेष्टको पक्षमा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रको फोहोर सङ्कलन र व्यवस्थापन गर्न खुल्ला प्रतिस्पर्धा गराउने काठमाडौँ महानगरपालिकालाई बाटो खुलेको छ । यस अघि असोज २४ मा  काठमाडौँ महानगरले ६ क्षेत्रमा विभाजित गरेर फोहोर सङ्कलन गर्न आव्हान गरेको टेन्डर रोक्न अन्तरिम आदेशको माग गर्दै नेपवेष्ट प्राली नामक कम्पनीले उच्च अदालत पाटनमा रिट हालेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त रिट उपर बिहीबार न्यायाधीश श्यामकुमार भट्टराई र टीकाराम आचार्यको इजलासले माग अनुसारको अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको हो । 

Ncell
Extreme Energy

आदेशमा भनिएको छ, ‘फोहरमैलाको संकलन एवम् व्यवस्थापनको संवेदनशीलता समेतका आधारमा तत्कालका लागि काठमाडौँ महानगरपालिकाको उल्लेखित बोलपत्रको प्रक्रियामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन ।’

आदेशमा ‘२०८० साउन २३ गते काठमाडौं उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन सम्बन्धी परियोजना सञ्चालन गर्न कठिनाई भएको भनी लगानी बोर्डलाई यो परियोजना फिर्ता पठाएको विषयमा प्रश्न उठाएको देखिँदैन । प्रस्तुत रिट निवेदनमा निवेदकले उठाएको विषयमा नेपालको संविधानको धारा ५९९२०, संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ ले स्थानीय तहलाई दिएको संवैधानिक एवं कानुनी अधिकार एवं साविकको लगानी बोर्ड ऐन, २०६८ र हालको सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, संघ प्रदेश र स्थानीय तह समन्वय र अन्तरसम्बन्ध ऐन, २०७७ तथा कार्य विस्तृतीकरण प्रतिवेदनमा समावेश भएका विषय उक्त आयोजनाको प्रकृति समेतको विवेचना गरी निक्र्यौलमा पुग्नु पर्ने प्रकृतिको देखिएको छ ।’ भनिएको छ । 

नेपवेष्ट सरकारले १३ वर्षअगाडि परियोजना विकास सम्झौता गरि फोहोर व्यवस्थापन दिएको कम्पनी हो तर उसले फोहोर व्यवस्थापनमा काम गर्न सकेको थिएन । सम्झौता अनुसार काम नहुँदा काठमाडौँमा फोहोर संकलनका लागि विभिन्न निजी संघसंस्था तथा कम्पनीहरुले मनपरी शुल्क उठाइरहेका थिए । त्यसको व्यवस्थापनका लागि महानगरले टेण्डर आव्हान गरेको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।