नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले अराजनीतिक व्यवहार गरे -रास्वपा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपामाथि अराजनीतिक व्यवहार गरेको आरोप सो पार्टीले लगाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि विशुद्ध राजनीतिक प्रतिशोध साधिएको दोहोर्‍याउँदै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो कार्यक्रममा बोल्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो आरोप लगाएका हुन् । पार्टी सभापति माथि साधिएको राजनीतिक प्रतिशोध, सहकारीको ८८ अर्ब रुपैयाँ बचत फिर्ता र सरकारका काम कारबाहीबारे ज्ञापन पत्र बुझाउन समय माग्दा प्रधानमन्त्रीले समय नदिएको नेता झाले बताए ।

Ncell
Extreme Energy

‘हामीले ज्ञापन पत्र बुझाउन ५ दिन देखि समय माग्यौँ । तर, प्रधानमन्त्री  र उनको सचिवालयले हामीलाई भेट दिएनन्,’ उनले थपे, ‘सार्वजनिक स्थलमा गएर रास्वपामाथि खिसिट्युरी गरे । हामीलाई भेट नदिएर ज्ञापन पत्र बुझाउन आउलान् फोटो खिचेर पठाइदिन्छु भनेर सार्वजनिक कार्यक्रममा भने ।’ 

सहकारीको ८८ अर्ब बचत पचाउन आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको पनि रास्वपाले प्रष्टयाएको छ । लोकतन्त्र र विधिको शासनमा राज्यबाट गरिएको हर्कत गलत भएको भन्दै यसको राजनीतिक समाधान नखोजिए आन्दोलन चर्काउने सो पार्टीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।