नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीले अराजनीतिक व्यवहार गरे -रास्वपा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपामाथि अराजनीतिक व्यवहार गरेको आरोप सो पार्टीले लगाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि विशुद्ध राजनीतिक प्रतिशोध साधिएको दोहोर्‍याउँदै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 

सो कार्यक्रममा बोल्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो आरोप लगाएका हुन् । पार्टी सभापति माथि साधिएको राजनीतिक प्रतिशोध, सहकारीको ८८ अर्ब रुपैयाँ बचत फिर्ता र सरकारका काम कारबाहीबारे ज्ञापन पत्र बुझाउन समय माग्दा प्रधानमन्त्रीले समय नदिएको नेता झाले बताए ।

‘हामीले ज्ञापन पत्र बुझाउन ५ दिन देखि समय माग्यौँ । तर, प्रधानमन्त्री  र उनको सचिवालयले हामीलाई भेट दिएनन्,’ उनले थपे, ‘सार्वजनिक स्थलमा गएर रास्वपामाथि खिसिट्युरी गरे । हामीलाई भेट नदिएर ज्ञापन पत्र बुझाउन आउलान् फोटो खिचेर पठाइदिन्छु भनेर सार्वजनिक कार्यक्रममा भने ।’ 

सहकारीको ८८ अर्ब बचत पचाउन आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको पनि रास्वपाले प्रष्टयाएको छ । लोकतन्त्र र विधिको शासनमा राज्यबाट गरिएको हर्कत गलत भएको भन्दै यसको राजनीतिक समाधान नखोजिए आन्दोलन चर्काउने सो पार्टीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...