नेभिगेशन
सबै कुरा

घाइते सहकारी पीडितलाई भेट्न ट्रमा सेन्टर पुगिन सुमना

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बुधबार माइतिघर मण्डलामा प्रहरीको दमनबाट घाइते भएका सहकारी पीडितलाई भेट्न ट्रमा सेन्टर पुगेकी छिन् । बिहिबार बिहान घाइते पीडित भेट्न अस्पताल पुगेकी उनले राज्य र सरकारमा बसेकाहरुले पीडितलाई मानसिकमात्र हैन शारीरिक यातना दिन थालेको बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकका लागि राजनीति गर्छु भन्दै राज्य हाँक्न पुगेकाहरुले नै नागरिकलाई यातना दिएको बताउँदै उनले कसका लािग राजनीति गरेको भन्दै प्रश्न गरेकी छिन् । ‘एउटा त तपाईँहरुले उहाँहरुलाई मानिसक रुपमा थकाउन खोज्नु भयो, अब चाहीँ शारीरिक रुपमा पनि ब्रेकडाउन होस भनेर बल प्रयोग गर्नुभयो ।‘, उनले थपिन्, ‘उहाँहरुलाई ब्रेकडाउन गरेपछि तपाईँ शासकहरुले शासन गर्ने चाहीँ कसलाई ? म राज्यलाई प्रश्न सोध्न चाहान्छु, तपाईँहरु कसका लागि राजनीति गर्दै हुनुहुन्छ ?’

Ncell
Extreme Energy

आफूहरुको बचत फिर्ता पाउँ भन्दै सरकार गुहार्न आएका नागरिकमाथि सरकारकै बर्बता देखिएको उनले बताइन् । ‘बचतकर्ताहरुको बचत फिर्ता पाउँ भन्ने हो उहाँहरुको माग । तपार्इँहरुले उहाँहरुसँग पटकपटक सहमति गर्नुभएको छ, तर तपाईँहरु कहिल्यै पनि त्यो सम्झौता कार्यान्वयनतर्फ जानुभएन ।’, सुमनाले भनिन् । 

अन्य प्रदर्शनकारीले मण्डला घुमेर प्रदर्शन गरेझैँ आफूहरुले पनि मण्डला घुम्न पाउनुपर्ने भन्दै अघि बढेका नागरिकमाथि राज्यसंयन्त्रले लखतरान पर्ने गरि कुटेको उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।