नेभिगेशन
सबै कुरा

घाइते सहकारी पीडितलाई भेट्न ट्रमा सेन्टर पुगिन सुमना

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ बुधबार माइतिघर मण्डलामा प्रहरीको दमनबाट घाइते भएका सहकारी पीडितलाई भेट्न ट्रमा सेन्टर पुगेकी छिन् । बिहिबार बिहान घाइते पीडित भेट्न अस्पताल पुगेकी उनले राज्य र सरकारमा बसेकाहरुले पीडितलाई मानसिकमात्र हैन शारीरिक यातना दिन थालेको बताइन् । 

नागरिकका लागि राजनीति गर्छु भन्दै राज्य हाँक्न पुगेकाहरुले नै नागरिकलाई यातना दिएको बताउँदै उनले कसका लािग राजनीति गरेको भन्दै प्रश्न गरेकी छिन् । ‘एउटा त तपाईँहरुले उहाँहरुलाई मानिसक रुपमा थकाउन खोज्नु भयो, अब चाहीँ शारीरिक रुपमा पनि ब्रेकडाउन होस भनेर बल प्रयोग गर्नुभयो ।‘, उनले थपिन्, ‘उहाँहरुलाई ब्रेकडाउन गरेपछि तपाईँ शासकहरुले शासन गर्ने चाहीँ कसलाई ? म राज्यलाई प्रश्न सोध्न चाहान्छु, तपाईँहरु कसका लागि राजनीति गर्दै हुनुहुन्छ ?’

आफूहरुको बचत फिर्ता पाउँ भन्दै सरकार गुहार्न आएका नागरिकमाथि सरकारकै बर्बता देखिएको उनले बताइन् । ‘बचतकर्ताहरुको बचत फिर्ता पाउँ भन्ने हो उहाँहरुको माग । तपार्इँहरुले उहाँहरुसँग पटकपटक सहमति गर्नुभएको छ, तर तपाईँहरु कहिल्यै पनि त्यो सम्झौता कार्यान्वयनतर्फ जानुभएन ।’, सुमनाले भनिन् । 

अन्य प्रदर्शनकारीले मण्डला घुमेर प्रदर्शन गरेझैँ आफूहरुले पनि मण्डला घुम्न पाउनुपर्ने भन्दै अघि बढेका नागरिकमाथि राज्यसंयन्त्रले लखतरान पर्ने गरि कुटेको उनको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...