नेभिगेशन
सबै कुरा

सरकारले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन् । 

बिहीबार सहकारी पीडितहरुले काठमाडौँको माइतिघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारवाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन् । 

उनले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसँग माग गरे । बचत रकम फिर्ताको माग गर्दै बुधबार माइतिघरमा प्रदर्शन गर्ने पीडितमाथि दमन भएको भन्दै उनले आपत्ति जनाए ।

माइतिघरमा प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुदा केहि बचतकर्ता घाइते भएका थिए । बिहीबार घाइते लगाएतका सहकारी पिडितहरुले पुन माइतिघरमा प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...