नेभिगेशन
सबै कुरा

एमालेमाथि चौतर्फी आक्रमण हुन थालेको छ : शंकर पोखरेल

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा उभिएकै कारण एमालेमाथि चौतर्फी आक्रमण हुन थालेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमालेले काठमाडौँमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरेपछि चौतर्फी आक्रमण हुन थालेको र एमालेलाई समाप्त पार्न अनेक खालका षडयन्त्र भइरहेको बताएका हुन् । 

Ncell
Extreme Energy

विभिन्न नाममा राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरण सभा आयोजना गरेको उनले बताए । उनले देशका दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र एमाले मिलेर राष्ट्रलाई राजनीतिक निकास दिन लागेको बेला यी खालका षडयन्त्र भएको उनले बताए । नेकपा एमालेलाई पटक पटक विभाजनको प्रयास गरिएका भए पनि कार्यकर्ता पङ्ती चट्टान जसरी उभिएर पार्टीलाई जोगाई अहिलेको अवस्थामा ल्याएको उनले बताए । एमालेसँग जोडेर विभिन्न प्रचार गरिएको बताउँदै उनले त्यसमा एमालेको कुनै संलग्नता नरहेको स्पष्ट पारे । एमाले माथि जोडिएका सबै विषयका छानबिन गर्न पनि उनले चुनौती दिए ।

सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौँ भन्ने दल एमाले भएको स्मरण गराउँदै उनले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौँ भन्ने रवि लामिछाने अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताए । त्यसको दोष समेत अहिले एमालेमाथि लगाउने काम भइरहेको पोखरेलले बताए । एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उनले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएको स्मरण गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।