नेभिगेशन
सबै कुरा

पोखरा विश्वविद्यालय, व्यवस्थापन अध्ययन सङ्कायको स्नातक र स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रमहरू लागू

काठमाडाै । पोखरा विश्वविद्यालय, व्यवस्थापन अध्ययन सङ्काय अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम परिमार्जन गरेको छ । स्नातक तहमा बिबिए, बिबिए (फाइनान्स) र बिबिए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर तहमा एमबीए, एमबीए (फाइनान्स) र एमबीए (ग्लोबल बिजनेस) का पाठ्यक्रमहरू परिमार्जित गरेको विश्वविद्यालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिमार्जित पाठ्यक्रम यसै शैक्षिक सत्र २०२४ फलबाट लागू हुनेछ। विद्यमान बद्लिँदो विश्व परिवेश , आर्थिक, सामाजिक, व्यावसायिक र प्राविधिक गतिविधिहरूलाई मध्यनजर गर्दै वर्तमान र आगामी केही वर्षमा नेपाल लगायत विश्व जगत्मा व्यवस्थापन, व्यापार, उद्यमशीलता र अन्य व्यवसायीहरूको लागि दक्ष मानव संसाधन उत्पादन गर्न नयाँ कार्यक्रमहरूको मुख्य उद्देश्य रहेको विश्व विद्यालय जनाएको छ । 

Ncell
Extreme Energy

हाल लागू गरिएका स्नातक तहका पाठ्यक्रमहरूमा प्रत्येक सेमेष्टरमा प्रयोगात्मक र व्यावहारिक ज्ञानको लागि प्राक्टिकल कोर्षहरु, प्रोजेक्ट वर्क र कम्युनिटी इङ्गेजमेन्ट प्रोजेक्ट जस्ता कोर्षहरु समावेश गरिएको छन्।

अन्तिम आठौँ सेमेष्टरमा इन्टर्नसिप राखिएको छ र सो सेमेष्टरमा कलेजमा हाजिर हुनेगरि कुनै पनि कोर्ष राखिएको छैन् । यसरी कलेज आउनु नपर्ने हुँदा सातौँ सेमेस्टर पछि विद्यार्थीहरू इन्टर्नसिप सहित रोजगारीमा वा व्यवसायमा आवद्ध हुन सक्छन् । साथै इन्टर्नसिपको लागि आफू अध्ययन गरिरहेको कलेज भन्दा अन्य टाढाको स्थान तथा विदेशमा समेत गई अनुभव लिन सक्छन्। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...