नेभिगेशन
सबै कुरा

पोखरा विश्वविद्यालय, व्यवस्थापन अध्ययन सङ्कायको स्नातक र स्नातकोत्तर तहमा नयाँ पाठ्यक्रमहरू लागू

काठमाडाै । पोखरा विश्वविद्यालय, व्यवस्थापन अध्ययन सङ्काय अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम परिमार्जन गरेको छ । स्नातक तहमा बिबिए, बिबिए (फाइनान्स) र बिबिए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर तहमा एमबीए, एमबीए (फाइनान्स) र एमबीए (ग्लोबल बिजनेस) का पाठ्यक्रमहरू परिमार्जित गरेको विश्वविद्यालयले जनाएको छ।

परिमार्जित पाठ्यक्रम यसै शैक्षिक सत्र २०२४ फलबाट लागू हुनेछ। विद्यमान बद्लिँदो विश्व परिवेश , आर्थिक, सामाजिक, व्यावसायिक र प्राविधिक गतिविधिहरूलाई मध्यनजर गर्दै वर्तमान र आगामी केही वर्षमा नेपाल लगायत विश्व जगत्मा व्यवस्थापन, व्यापार, उद्यमशीलता र अन्य व्यवसायीहरूको लागि दक्ष मानव संसाधन उत्पादन गर्न नयाँ कार्यक्रमहरूको मुख्य उद्देश्य रहेको विश्व विद्यालय जनाएको छ । 

Dish home
City Express

हाल लागू गरिएका स्नातक तहका पाठ्यक्रमहरूमा प्रत्येक सेमेष्टरमा प्रयोगात्मक र व्यावहारिक ज्ञानको लागि प्राक्टिकल कोर्षहरु, प्रोजेक्ट वर्क र कम्युनिटी इङ्गेजमेन्ट प्रोजेक्ट जस्ता कोर्षहरु समावेश गरिएको छन्।

अन्तिम आठौँ सेमेष्टरमा इन्टर्नसिप राखिएको छ र सो सेमेष्टरमा कलेजमा हाजिर हुनेगरि कुनै पनि कोर्ष राखिएको छैन् । यसरी कलेज आउनु नपर्ने हुँदा सातौँ सेमेस्टर पछि विद्यार्थीहरू इन्टर्नसिप सहित रोजगारीमा वा व्यवसायमा आवद्ध हुन सक्छन् । साथै इन्टर्नसिपको लागि आफू अध्ययन गरिरहेको कलेज भन्दा अन्य टाढाको स्थान तथा विदेशमा समेत गई अनुभव लिन सक्छन्। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।