नेभिगेशन
समाज

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

काठमाडौँ । काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) बालकुमारी र काठमाडौँ मोडेल कलेज बागबजारले भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालय तथा कलेजका विद्यार्थी कमिटीका प्रतिनिधिमार्फत् नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । 

Ncell
Extreme Energy

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट २ लाख ५८ हजार २५० रुपैयाँ संकलन भएको हो । 

यसैगरी, उक्त विनाशकारी बाढीमा परी आफ्ना अभिभावक गुमाएका विद्यालयका चार जना विद्यार्थीलाई विद्यार्थी समितिका तर्फबाट जनही ५१ हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत गरिएको छ । विद्यार्थीबाट संकलित रकम तथा विद्यार्थी समितिको कोषबाट उक्त सहयोग उपलब्ध गराइएको विद्यालयले जनाएको छ।

प्राकृतिक विपद्बाट सिर्जित मानवीय पीडा न्यूनीकरणका लागि सबैको साझा सहयोग आवश्यक रहेको भन्दै विद्यालय र कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाइएको छ । विद्यालय तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं शैक्षिक नेतृत्व रामेश्वर अर्यालले बाढीबाट भएको क्षति कुनै निश्चित स्थान, समुदाय वा व्यक्तिको मात्र समस्या नभई समग्र मानव समुदायलाई संवेदनशील बनाउने विषय भएकाले विद्यालयले आफूले सक्ने सहयोग विद्यार्थीमार्फत् गरेको बताए । “यो विपद् कुनै निश्चित ठाउँ, समुदाय वा व्यक्तिको मात्र नभई मानव जातिमाथि आएको पीडा हो । यस्तो अवस्थामा आफूले सकेको सहयोग गर्नु हामी सबैको साझा दायित्व हो । त्यसैले विद्यालय र कलेज परिवारको सामूहिक सहभागितामा सहयोग रकम उपलब्ध गराएका हौँ ।”

सहयोग हस्तान्तरणमा विद्यार्थीलाई नै अगाडि सार्नुको कारणबारे अर्यालले भने, “हामीले संस्थापक, प्राचार्य वा संस्थाको उच्च तहमा रहेका व्यक्तिलाई अगाडि सार्नुको सट्टा विद्यार्थीलाई प्रतिनिधिका रूपमा अघि बढायौँ । कुनै पनि शैक्षिक संस्थाका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष विद्यार्थी हुन् । यति मात्र होइन निजी शैक्षिक संस्थाको पुँजी पनि विद्यार्थीहरुका नै निर्माण हुने गर्छ । हाम्रा केही विद्यार्थीले समेत यस विपद्मा आफ्ना अभिभावक गुमाएका छन् । यस्तो अवस्थामा उनीहरूको भावना र संवेदनालाई सम्बोधन गर्दै सहयोगको संस्कार विकास होस् भन्ने उद्देश्यले विद्यार्थीमार्फत् सहयोग गरेका हौँ ।”

केएमसीले तत्कालीन राहतमा मात्र सीमित नभई बाढीबाट प्रभावित क्षेत्रमा दीर्घकालीन शैक्षिक सहयोग गर्ने योजना पनि अघि सारेको जनाएको छ । बाढीका कारण क्षतिग्रस्त तथा भत्किएका शैक्षिक संरचनाको पुनर्निर्माणमा भौतिक सहयोग गर्नुका साथै प्रभावित विद्यार्थी तथा समुदायलाई शैक्षिक रूपमा सबल बनाउन मनोसामाजिक परामर्श, शिक्षक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको केएमसी कलेजका कलेज चिफ सुरेन्द्र सुवेदीले जानकारी दिए । “विपद्पछिको पुनःस्थापना केवल भौतिक संरचना निर्माणमा मात्र सीमित हुनुहुँदैन । प्रभावित विद्यार्थीको मनोबल उकास्दै उनीहरूको शैक्षिक निरन्तरताका लागि आवश्यक वातावरण निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले भौतिक सहयोगसँगै मनोसामाजिक परामर्श र शिक्षक आदानप्रदानजस्ता कार्यक्रममार्फत् दीगो सहयोग गर्ने हाम्रो योजना छ,” सुवेदीले भने । 

विद्यालय र कलेजले बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित आफ्ना विद्यार्थीको पठनपाठनमा समेत आवश्यक सहयोग तथा सहजीकरण गर्ने जनाएका छन् । विपद्का कारण अध्ययनमा परेको असरलाई न्यूनीकरण गर्दै प्रभावित विद्यार्थीलाई नियमित शैक्षिक गतिविधिमा सहज रूपमा फर्काउन आवश्यक सहयोग गरिने पनि जनाएइको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।
५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

५१२ पालिकामा कांग्रेसको अधिवेशन सुरू, २४१ पालिकामा भोलि र पर्सि

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनअन्तर्गत तोकिएको कार्यतालिका अनुसार, आज ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशन सुरु भएको छ ।
बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

बालबालिका पनि कांग्रेसको क्रियाशील सदस्य, कानुन र पार्टी विधानविपरीत बनाइयो प्रतिनिधि

आफूलाई विधिको शासनको हिमायती दाबी गर्ने पार्टी नेपाली कांग्रेसले देशको कानुन र आफ्नै विधानविपरीत बालबालिकालाई समेत क्रियाशील सदस्यता दिएको सार्वजनिक भएको छ ।

भर्खरै