नेभिगेशन
समाज

पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान

पोखरा । पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।
विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना र व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ। विश्वविद्यालयका अनुसार कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, स्रोत तथा बजेट र अनुगमन लगायतका विषय समेटिनुपर्नेछ।

Ncell
Extreme Energy

खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना तथा त्यसको कार्यान्वयन क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ।

चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने विश्वविद्यालयको अपेक्षा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मन्त्रिपरिषद् बैठक बस्दै, होला राजदूत नियुक्तिको सिफारिस ?

मन्त्रिपरिषद् बैठक बस्दै, होला राजदूत नियुक्तिको सिफारिस ?

मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्दैछ।
न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह 'मरानी'

न्युयोर्कको टाइम्स स्क्वायरमा नेपाली मह 'मरानी'

नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने कटुस (चेस्टनट) बाट तयार गरिएको ‘मरानी चेस्टनट हनी’ अहिले अमेरिकाको बजारमा पुगेको छ।
ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

भोटेकोशीको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। अझै ६ हजार १४५ जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

भर्खरै