नेभिगेशन
सबै कुरा

मंगलबार पनि २६ सयले घट्याे सुनकाे मूल्य

काठमाडौँ । मंगलबार पनि सुनको मूल्य घटेको छ । सोमबार एकैदिन १५ हजार ९ सयले घटेको सुनको मूल्य मंगलबार पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँले घटेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महासंघका अनुसार सोमबार सुनको मूल्य १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो भने सो मूल्य घटेर मंगलबार १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । 

Ncell
Extreme Energy

त्यस्तै मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबार १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य घटेर १ हजार ८२० रुपैयाँ कायम भएको हो । 

मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै सुनको मूल्यमा गिरावट आएको हो । मन्त्रिपरिषद्को सो बैठकले यसअघि २० प्रतिशत रहेको सुनको भन्सार दर र १५ प्रतिशत रहेको चाँदीको भन्सार दर १० प्रतिशत कायम गराउने निर्णय गरेको थियो । उक्त निर्णय हिजोदेखि कार्यान्वयनमा आएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।