नेभिगेशन
सबै कुरा

कांग्रेस र एमालेले साझा धारणा बनाएपछि संविधान संशोधनका विषयमा अरुसँग छलफल गर्छाैँ : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले साझा धारणा बनाएपछि संविधान संशोधनका बिषयमा अन्य दलसंग छलफल गर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानका मुलभूत मान्यताहरु संघियता र समावेशिता लगायतका विषयलाई यथावत राखी संविधानका कारण देखिएको गतिरोधहरु सच्याएर अघि बढ्ने र यसका लागि सवै दलहरुसँग छलफल गर्ने बताएका हुन् ।  प्रत्यक्ष निर्वाचित कार्यकारीका बारेमा अन्य दलहरु संग छलफल गरेर टुङ्गो लगाउने उनले बताए । 

Ncell
Extreme Energy

त्यस्तै थापाले  बीआरआई लगायतका विषयहरुबारे उठेको अनावश्यक हल्ला र आशंकाहरुलाई चिरेर प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाइने उल्लेख गरे । 

उनले सन् २०१७ मा भएका सहमतिहरु कार्यान्वयन गराउने गरी नेपाली कांग्रेस र एमालेले साझा धारणा बनाएर अघि बढ्ने र मुलुकको हित अनुकुल ऋण वा अनुदान ग्रहण गर्न सकिने स्पष्ट पारे । 

त्यस्तै थापाले अहिले नै पार्र्टी सभापतिको निर्वाचनको तयारी गर्नुपर्ने आवश्यकता नभएकाले महाधिवेशन आएपछि यसबारे पार्टी नेता र कार्यकर्ताहरु छलफलबाट निर्णय लिइने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।