नेभिगेशन
सबै कुरा

कांग्रेस र एमालेले साझा धारणा बनाएपछि संविधान संशोधनका विषयमा अरुसँग छलफल गर्छाैँ : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले साझा धारणा बनाएपछि संविधान संशोधनका बिषयमा अन्य दलसंग छलफल गर्ने बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानका मुलभूत मान्यताहरु संघियता र समावेशिता लगायतका विषयलाई यथावत राखी संविधानका कारण देखिएको गतिरोधहरु सच्याएर अघि बढ्ने र यसका लागि सवै दलहरुसँग छलफल गर्ने बताएका हुन् ।  प्रत्यक्ष निर्वाचित कार्यकारीका बारेमा अन्य दलहरु संग छलफल गरेर टुङ्गो लगाउने उनले बताए । 

त्यस्तै थापाले  बीआरआई लगायतका विषयहरुबारे उठेको अनावश्यक हल्ला र आशंकाहरुलाई चिरेर प्रधानमन्त्रीको चीन भ्रमण सफल बनाइने उल्लेख गरे । 

उनले सन् २०१७ मा भएका सहमतिहरु कार्यान्वयन गराउने गरी नेपाली कांग्रेस र एमालेले साझा धारणा बनाएर अघि बढ्ने र मुलुकको हित अनुकुल ऋण वा अनुदान ग्रहण गर्न सकिने स्पष्ट पारे । 

त्यस्तै थापाले अहिले नै पार्र्टी सभापतिको निर्वाचनको तयारी गर्नुपर्ने आवश्यकता नभएकाले महाधिवेशन आएपछि यसबारे पार्टी नेता र कार्यकर्ताहरु छलफलबाट निर्णय लिइने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...