नेभिगेशन
सबै कुरा

झलनाथ खनालको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार आरोपमा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडाैँ : झलनाथ खनालको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सचिव प्रेमकुमार श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्लाहीको लालबन्दी नगरपालिकामा तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सन्चालन गर्ने कार्यमा अनियमितता गरेको आरोपमा उनीहरुलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

Ncell
Extreme Energy

सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि खोलिएको उक्त रिसर्च सेन्टरमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । 

प्रतिवादीमा प्रतिष्ठानका पदाधिकारीहरु अध्यक्ष रेवतीप्रसाद पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भन्डारी र सदस्य देवेन्द्र रायसमेत रहेका छन् । 

प्रदेशका आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेर बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको आरोप छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...