नेभिगेशन
सबै कुरा

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान जारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी छ । सरकारी वकिलको कार्यालय काठमाडौँ दोस्रो दिन पनि उनको बयान चलिरहेको हो । 

बिहीबार पोखराबाट काठमाडौँ ल्याइएका उनलाई आइतबार बिहान कार्यालय खुल्नासाथ बयानका लागि सरकारी वकिलको कार्यालय पुर्याइएको हो । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलनमा अनुसन्धान गर्नका लागि बिहिबार पोखराबाट काठमाडौँ ल्याइएका उनको शुक्रबार समेत बयान भएको थियो ।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगीमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ । 

उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने अहिले काठमाडौँमा बयान चलिरहेको छ । उनलाई काठमाडौँपछि चितवन लैजाने तयारी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...