नेभिगेशन
सबै कुरा

प्रयोगविहीन बन्यो हुप्सेकोटको वायु ऊर्जा केन्द्र

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा रहेको वायु ऊर्जा मर्मत सम्भार अभावमा प्रयोगविहीन बनेको छ । एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा धौवादी डाँडास्थित रुद्रपुरमा नमूना योजनाका रूपमा विसं २०६८ मा निर्मित वायु ऊर्जा केन्द्र हाल प्रयोगविहीन भएको हो । हावाबाट पङ्खालाई घुमाएर ‘टर्वाइन’को माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि बन्द भएको हो । ऊर्जा केन्द्रको अन्य पाटपूर्जा पनि काम नलाग्ने अवस्थामा पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुई करोड बढी लागतमा निर्माण गरिएको उक्त परियोजनाबाट हावाका माध्यमले १० किलोवाट र सौर्य ऊर्जाबाट दुई किलोवाट गरी १२ किलोवाट विद्युत् उत्पादन गरिएको थियो । उक्त वायु ऊर्जा हाल पूर्ण रूपमा बन्द भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर राना मगरले बताए। “निर्माण सम्पन्न भएपछि एसियाली विकास बैंकले ऊर्जा केन्द्र हस्तान्तरण गरेको केही वर्ष पूरा क्षमतामा विद्युत् उत्पादन भए पनि पछि टर्वाइन र ब्याट्रीमा खराबी आएपछि उत्पादन बन्द भएको हो”,वडा अध्यक्ष मगरले भने । 

Ncell
Extreme Energy

वायु ऊर्जा केन्द्र निर्माण पश्चात् स्थानीय समूहलाई रेखदेखका लागि जिम्मा दिए पनि मर्मत सम्भार कुन निकायबाट गर्ने भन्ने स्पष्ट नहुँदा करोडौँको लगानी अलपत्र झैँ बनेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए। 

विगत १० वर्ष अगाडिदेखि नै वायु ऊर्जा केन्द्र बन्द रहेकाले त्यसको मर्मतका लागि गाउँपालिकाले पटक–पटक पहल गरे पनि कतै सुनुवाइ नभएको अध्यक्ष पाण्डेको गुनासो छ । “मर्मतका लागि धेरै बजेट आवश्यक हुने प्रारम्भिक अनुमान रहेकाले प्राविधिक अध्ययनका लागि वैकल्पिक ऊर्जा केन्द्रमा गाउँपालिकाले पत्राचार गरिएको छ, पटक–पटक भेटेर पनि भनियो”, उनले भने, “प्राविधिक टोली पठाउँछौँ भन्ने उत्तर आउँछ तर कुनै टोली आएको छैन ।” 

वायु ऊर्जा केन्द्र मर्मत गर्न स्थानीय सरकारको बजेटले मात्र सम्भव नहुने भएकाले केन्द्र सरकार समक्ष पहलको आग्रह गरिए पनि सुनुवाइ नभएको गाउँपालिकाको भनाइ छ । केही वर्ष क्षमता अनुसार विद्युत् उत्पादन भएकाले स्थानीयले चौबिसै घण्टा विद्युत् उपभोग गर्न पाएका थिए । वायु ऊर्जा बन्द भएपछि सौर्य ऊर्जाको भरपर्नु परेको थियो । गत वर्षदेखि यहाँ राष्ट्रिय प्रसारण लाइन पुगेपछि बिजुलीको समस्या नभए पनि नमूनाको रूपमा स्थापना गरिएको वायु ऊर्जा केन्द्र प्रयोगविहीन बन्नु दुखद भएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । 

हावाबाट बिजुली निकाल्ने क्षेत्रका रूपमा परिचित भएको धौवादी क्षेत्र पर्यटकीय केन्द्रका रूपमासमेत विकास भएको थियो । यहाँको पङ्खा हावाको वेगले घुम्दा थप आकर्षक देखिने र त्यसको अवलोकनका लागि आन्तरिक पर्यटकको बाक्लै उपस्थिति हुने गरेको थियो । 

वायु ऊर्जा केन्द्रको मर्मत गरी हावाबाट बिजुली उत्पादन गराएर यसलाई थप आकर्षित बनाउन सके पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना मगर बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज  छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार आठ सय र चाँदीको मूल्य रु चार हजार सात सय ५५ कायम भएको बताएको छ...
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह

मतदाताको मृत्यु पछि एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था छ ।  मतदाता नामावलीलाई...
मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

मनसुन सक्रियः यी ठाउँमा आज भारी वर्षा हुने, तराईमा हावाहुरीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ ।
रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

रास्वपाले घोषणा गर्‍यो क्यान्डिडेट क्लब, फागुन २१ को चुनावका उम्मेदवारले आवेदन दिनै नपाउने

आगामी वैशाख अर्थात २०८४ वैशाखमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका गरी ७५३ पालिका र ६ हजार ७४३ वडामा चुनाव हुँदैछ । रास्वपाले यी पालिकाका ३५...