नेभिगेशन
समाज

यस्तो छ धुलिखेल–खावा सडकखण्डको अवस्था (तस्बिरहरु)

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । घाम लाग्दा धुलाम्मे हुने र पानी पर्दा हिलाम्मे हुने यो सडकको विशेषता नै बनेको छ । सडक निर्माण कार्य समयावधिभित्र सम्पन्न नगर्नु र मर्मतमा सम्बन्धित निकायले ध्यान नदिनु जस्ता कारणले त्यस क्षेत्रका स्थानीयहरू वर्षौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यससँगै सडक डिभिजन कार्यालय भक्तपुरले सो निर्माणाधीन सडकखण्डको ठेक्का समेत रद्द गरेको छ । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण सम्झौता गरे अनुसार समयसीमा सकिए पनि निर्माणको काम सकिएको छैन । पछिल्लो वर्षदेखि उक्त सडकखण्ड निर्माण कार्य बन्द जस्तै थियो ।
    
उक्त सडकमा गुड्ने मालबहाक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सडक डिभिजन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अरनिको राजमार्ग नेपालको लागि एक व्यावसायिक तथा पर्यटकीय राजमार्ग समेतको रूपमा रहेको छ । चीनको नाकासंगै, सिन्धुपाल्चोक, दोलखा, रामेछापलाई यही राजमार्गले राजधानीसँग जोडेको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

Dhulikhel-Khawa-Sadak_Sidhakura-6-1758696493.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-5-1758696494.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-10-1758696491.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-9-1758696491.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-8-1758696491.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-7-1758696491.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-14-1758696490.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-13-1758696490.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-12-1758696490.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-11-1758696490.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-15-1758696489.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-16-1758696489.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-3-1758696495.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-4-1758696495.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-1-1758696496.jpg

Dhulikhel-Khawa-Sadak_Sidhakura-2-1758696496.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

भोटेकोशी बाढीको कारण जलवायु परिवर्तन : बालेन (सम्बोधनको पूर्णपाठसहित)

उनले भने ‘जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो।’
नारायणीको कटानले थरथराउँदै सुस्ता

नारायणीको कटानले थरथराउँदै सुस्ता

सुस्तामा अहिले बाढीले नयाँ बनाएको बाँध पनि करिब २ सय मिटर बगाउन लागिसकेको स्थानीय बताउँछन् । सुस्ताकी साब्रुन खातुन भन्छिन्– हामी त्रासै त्रासबीच सुस्तामा बसिरहेका छौँ । कहिले...
पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

पोखराको सेती नहर छेउमा ८३ शव व्यवस्थापन (तस्बिरहरू)

डीएनएन नमुना संकलन गरेपछि ट्याग लगाएर बाँकी ८३ वटा शव पोखरा महानगरपालिका–१६ स्थित सेती नहर छेउको वनमा व्यवस्थापन गरिएको हो ।
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?

बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने आशा मरेको छैन । त्यसैले त...