नेभिगेशन
समाज

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार जिशनलाई बाँकी खेलको लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे । ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं । उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम बलियो अझै बलियो हुने विश्वास लिएका छौं ।’

Marvel
Extreme Energy

अध्यक्ष घिमिरेले टिममा दुई बंगलादेशी खेलाडी रहिसकेकाले जिसमलाई पनि नेपालको वातावरणमा खेल्न सहज हुने बताउाछन् । 

जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुन् । यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भएका थिए । 

२१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यु–१९ हुँदै ए टिमबाट खेलिसकेका छन् ।  यस्तै, बंगलादेशको फ्रेन्चाइज टोलीहरु राजशाही वारिअर्स र दुरबार राजशाहीबाट खेलेका छन् । उनले लिष्ट ए मा ४९ खेल खेल्दै १ हजार २९५ रन बनाएका थिए । त्यस्तै, २७ टी–२० आईमा ५ सय ७१ रन बनाएका छन् । 

जिसनले अस्ट्रेलियामा भएको टप एण्ड टी–२० शृंखलामा नेपालविरुद्ध पनि सानदार प्रदर्शन गरेका थिए । बंगलादेशले ९ विकेटको जित निकाल्दा अविजित ५२ रन बनाएका थिए । उनले सो खेलमा २९ बलमा तीन चौका र ४ छक्का हिर्काएका थिए । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका हुन् ।

कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग खेल्दैछ । सो खेलमा जिशन उपलब्ध हुनेछन् । प्रतियोगिताको पहिलो दुबै खेलमा जित निकाल्दै कर्णालीले प्रभावशाली सुरुवात गरिसकेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले प्रेस स्वतन्त्रतामाथि धावा बोल्न नपाइने बताएका छन् ।
एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढ्दा त्यसबाट निस्किएको धुवाँ देखिन थालेको छ ।
करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।