नेभिगेशन
समाज

एनपिएलमा आज दुई खेल : काठमाडौँविरुद्ध कर्णाली र सुदूरपश्चिमविरुद्ध चितवन खेल्दै

काठमाडौँ । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० बजे हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र कर्णाली याक्स भिड्दैछन् । 

Marvel
Extreme Energy

कर्णाली दुई खेलमा दुईटै जितसहित अंकतालिकाको शीर्ष स्थानमा छ भने काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्टससँग पराजित हुँदै अंकतालिकाको पुछारमा छ । 

प्रतियोगितामा कर्णालीले तेस्रो र काठमाडौँले दोस्रो खेल खेल्न लागेको हो । 

काठमाडौँबाट आज अष्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले खेल्दैछन् । यसैगरी कार्णालीले बंगलादेशका युवा ब्याटर जिशन अलामलाई मैदानमा उतार्ने तयारी गरेको छ ।  

यसैगरी दोस्रो खेल बेलुका ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजविरुद्ध हुँदैछ । 

तीन खेलमा एउटा जित निकालेको सुदूरपश्चिमले आज चौथो खेल खेल्दैछ । 

एक खेल खेलेर जितेको चितवनले वर्षाका कारण खेल रद्ध हुँदा लुम्बिनीसँग अंक बाँडेको छ । चितवन आज तेस्रो खेल खेल्न लागेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

प्रेस स्वतन्त्रतामाथि धावा बोल्न पाइँदैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले प्रेस स्वतन्त्रतामाथि धावा बोल्न नपाइने बताएका छन् ।
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

भारतमा पराल जलाउँदा निस्किएको धुवाँ नेपाल भित्रिन सक्ने, वायु प्रदूषण बढ्ने जोखिम

उत्तरपश्चिम भारतमा वर्षा रोकिएसँगै खेतमा पराल जलाउने क्रम बढ्दा त्यसबाट निस्किएको धुवाँ देखिन थालेको छ ।
करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा गर्ने भएको छ ।