नेभिगेशन
समाज

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र  सबै स्थानीय तहबाट हुनेछः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र  सबै स्थानीय तहबाट प्रवाह हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आज उनले  हाल ३३ वटा स्थानीय तहबाटै सञ्चालन भइरहेको भूमि प्रशासनसम्बन्धी सेवा सबै स्थानीय तहमा पुर्‍याइने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले आफ्नो शासकीय सुधारसम्बन्धी १०० कार्य सूचीमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने उल्लेख गरेको थियो । 

Marvel
Extreme Energy

उनले भनेका छन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबीचको दूरी घटाउनु हो । राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो ।”  

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्थाबमोजिम भूमि प्रशासनका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरुबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको बताएका छन् । उक्त कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

“नेपाल सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउनेछ”, उनले भने, “नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालय नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सीमित गर्ने कानुनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

आइटियु महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रहेको बताएका छन्।
ह्वात्तै घट्यो सुनचाँदीको भाउ

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो।
बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

बाबुराम भट्टराईको टिप्पणी- सडक दुर्घटना राज्यको संगठित अपराधजस्तै भयो

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं–हेटौंडा सडकमार्गमा भएको पछिल्लो दुर्घटनामा एउटै गाउँका १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनालाई राज्यको लापरबाहीको परिणाम भन्दै सडक सुरक्षामा गम्भीर हुन...
सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

सडक दुर्घटनामा नागरिकको ज्यान गइरहने, सरकार कहिले गम्भीर हुने ? : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।