नेभिगेशन
समाज

धरानबाट २०९ केजी गाँजासहित ५ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

Marvel
Extreme Energy

प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे छन् ।

प्रहरीले त्यस क्रममा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो  समेत बरामद गरेको सूचना अधिकारी खड्काले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

नियुक्त भएका डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।
क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।
दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका अवधेश अस्पताल भर्ना

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका सर्लाहीका अवधेश यादव आफैं अस्पताल भर्ना भएका छन्।