नेभिगेशन
मुख्य समाचार

कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न  चिनियाँ राजदूतलाई कुलमानको आग्रह

चिनियाँ कम्पनीले ठेक्का लिएका आयोजनाको निर्माण सन्तोषजनक नरहेको भन्दै सहजीकरणका लागि आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ–कोदारी (अरनिको) र स्याप्रुबेँसी–रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

यसैगरी काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत् आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन उनले आग्रह गरे । 

मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको जानकारी गराउँदै नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक बिस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल  गरिदिन आग्रह गरेका थिए । 

सो अवसरमा राजदूत सोङले छिमेकी मित्रराष्ट्र नेपालको प्राथमिकताका आधारमा यसअघि जस्तै सक्दो सहयोग गर्न चीन तयार रहेको बताए । 

उक्त  भेटमा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल र सडक विभागका महानिर्देशक बिजय जैशी एवं परराष्ट्र मन्त्रालय उत्तरपूर्व एसिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका अधिकारीको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।