नेभिगेशन
समाज
मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश

अब मतदाता नामावलीमा नाम छुटेकाहरुले नाम दर्ता गर्न पाउने

बुधबार जारी भएको अध्यादेशले कानुन कमोजिम मतदात गर्न योग्यता पुगेकाहरुको नाम दर्ताका लागि बाटो खुल्याे

काठमाडौँ । यस अघि मतदाता नामावलीमामा नाम छुटेकाहरुले फागुन २१ कै निर्वाचनमा मत हाल्न पाउने गरी नाम दर्ता गर्न पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको अवरोध खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो । यस अघि ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था थियो । यो व्यवस्थाका कारण जेनजी आन्दोलनबाट सरकार नै फेरिएपछि, सोहि आन्दोलनमा सहभागी भएका मतदाताका लागि कानुनीरुपमा योग्य भएर पनि नामावलीमा नाम दर्ता नभएकाहरुको संख्या ठुलो थियो । 

Ncell
Extreme Energy

तर अब भने बुधबार जारी भएको अध्यादेशले कानुन कमोजिम मतदात गर्न योग्यता पुगेकाहरुको नाम दर्ताका लागि बाटो खुलेको हो । मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगका अनुसार अब निर्वाचन आयोगले नामावली संकलगनका लागि मिति तोक्ने छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...