नेभिगेशन
मुख्य समाचार
मतदाता नामावली ऐन संशोधन सम्बन्धी अध्यादेश

अब मतदाता नामावलीमा नाम छुटेकाहरुले नाम दर्ता गर्न पाउने

बुधबार जारी भएको अध्यादेशले कानुन कमोजिम मतदात गर्न योग्यता पुगेकाहरुको नाम दर्ताका लागि बाटो खुल्याे

काठमाडौँ । यस अघि मतदाता नामावलीमामा नाम छुटेकाहरुले फागुन २१ कै निर्वाचनमा मत हाल्न पाउने गरी नाम दर्ता गर्न पाउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको अवरोध खुलेको छ । 

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो । यस अघि ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था थियो । यो व्यवस्थाका कारण जेनजी आन्दोलनबाट सरकार नै फेरिएपछि, सोहि आन्दोलनमा सहभागी भएका मतदाताका लागि कानुनीरुपमा योग्य भएर पनि नामावलीमा नाम दर्ता नभएकाहरुको संख्या ठुलो थियो । 

तर अब भने बुधबार जारी भएको अध्यादेशले कानुन कमोजिम मतदात गर्न योग्यता पुगेकाहरुको नाम दर्ताका लागि बाटो खुलेको हो । मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । निर्वाचन आयोगका अनुसार अब निर्वाचन आयोगले नामावली संकलगनका लागि मिति तोक्ने छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

सन्तोष परियारः भविष्य खोज्दै रास्वपा आए, अवसर लिए, बाटो लागे

ति व्यक्तिले सन्तोष परियार नाम गरेका व्यक्ति रास्वपामा जोडिन चाहेको खबर सुनाए । भर्खरै घोषणा भएको पार्टीमा राम्रा मान्छे भित्र्याउने हुटहुटीमा रहेका कबिन्द्रले ति साथीमार्फत सन्तोषसँग भेट गरे...
धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

धनुषामा मृत्यु संस्कारमा विवाद हुँदा वडा अध्यक्षमाथि गोली प्रहार

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले लगत्तै मृत घोषणा गरेको थियो ।
जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

जेनजीहरूले प्रधानमन्त्री कार्कीलाई बुझाएको प्रस्तावित सम्झौताको मस्यौदामा के छ ?

सो पत्रमा जेनजीका अगुवाहरू उपार्जुन चाम्लिङ, सामना लावती, रक्षा बम, साङकेन याम्फु राई, सुधन गुरुङ, पुरुषोत्तम यादव, खेमराज साउद, अफ्साना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, जनक चुँडाल पोखरेल,...
२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

२ लाख ५७ हजार ५०५ जना थपिए नयाँ मतदाता

त्यस्तै आयोगले मतदाता नामावली दर्ताका लागि पाँच दिन समय थप गरेको छ । अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।