नेभिगेशन
सबै कुरा

काठमाडौँमा रवि लामिछानेको बयान : ६० प्रश्नको सवाल जवाफ सकियो, सोमबार रुजु

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको काठमाडौँको बयान लगभग सकिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा दुई दिन देखि जारी बयानका क्रममा लामिछानेमाथि कालीमाटीको स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित रहेर ६० वटा प्रश्न सोधिएको स्रोतले बतायो । ‘लगभग बयान सकियो । ६० प्रश्नको लिखित जवाफ लगभग सकिएको छ,’ स्रोतले भन्यो,‘भोली उहाँले बयानको रुजु गर्नुहुनेछ र प्रमाणिकरण हुनेछ ।’  

काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न बिहिबार काठमाडौँ ल्याइएका उनीसँग शुक्रबार र आइतबार बयान लिइएको हो । 

शुक्रबार करिब ६ घण्टा लामिछानेको बयान लिइएको थियो । आइतबार करिब ७ घण्टाको निरन्तर बयानपछि बयान अन्तिम चरणमा पुगेको हो ।

लामिछानेलाई सहकारी ठगी आरोपमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ । 

उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने अहिले काठमाडौँमा बयानका लागि ल्याइएको छ । लामिछानेलाई काठमाडौंबाट पोखरा फर्काइने र त्यहाँबाट चितवन लैजाने तयारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...