नेभिगेशन
सबै कुरा

काठमाडौँमा रविलाई ७४ प्रश्न, बयान रुजु गरिँदै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँमा ७४ प्रश्न सोधिएको छ । काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न बिहिबार काठमाडौँ ल्याइएका उनीसँग शुक्रबार, आइतबार र सोमबार गरि ७४ प्रश्न सोधिएको हो । 

शुक्रबार र आइतबार गरि ६० प्रश्न सोधिएको उनलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सोमबार थप १४ प्रश्न सोधिएको हो । ३ दिन गरि ७४ प्रश्न सोधिएको उनको बयान प्रमाणिकरण गर्ने क्रम रहेको कार्यालयका एक अधिकारीले बताए । उनको बयान प्रमाणिकरण गरेर चितवन पठाइने परिसर स्रोतले बतायो । 

City Express

लामिछानेलाई सहकारी ठगी आरोपमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ । 

उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही लगेर बयान गराईसकिएको छ भने अहिले काठमाडौँमा बयानका लागि ल्याइएको छ । लामिछानेलाई काठमाडौँबाट चितवन पठाउने तयारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।