नेभिगेशन
सबै कुरा

चितवन पुर्याइएका रविको बयान जारी

काठमाडाैँ । सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि चितवन पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ । मंगलबार बिहान चितवन पुर्याएका उनको बयान जिल्ला सरकारी वकिल कार्यालयमा भइरहेको चितवन प्रहरीले जनाएको छ ।

सहकारी रकम बचत अपचलनमा अनुसन्धान गर्न कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई चितवनमा साहारा सहकारीको रकम अपचलनको अनुसन्धान गर्न चितवन लगिएको हो । 

City Express

चितवनमा लामिछानेलाई जुन सहकारीको अनुसन्धान गर्न लगियो सो सहकारीबाट ४२ करोड रकम पाँचवटा कम्पनीमा गएको देखिएको प्रहरीले जनाएको छ । हिनामिना भएको रकम मध्ये रु १० करोड ८० लाख गोर्खा मिडिया नेट्वर्कमा गएको देखिएको प्रहरी अनुसन्धानले जनाएको छ ।

लामिछानेलाई चितवन पुराउदा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने रविका समर्थकहरु विमानस्थल बाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो । चितवन साहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरुले पछिल्लो पटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पुरक जाहेरी दिएका थिए । मंसिर ७ गते चितवनमा रविविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

लामिछानेलाई सहकारी ठगी आरोपमा अनुसन्धान गर्न कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । त्यसपछि उनीविरुद्ध संगठित अपराध र सम्पत्ति सुद्धिकरणमा समेत अनुसन्धान भईरहेको छ । 

उनलाई कास्की जिल्ला अदालतले ५ पटक म्याद थप गरिसकेको छ । यो बिचमा उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौँबाट पनि पक्राउपुर्जी जारी भएको छ । उनलाई रुपन्देही र काठमाडौँ लगेर बयान गराईसकिएको छ भने अहिले चितवनमा बयानका लागि लगिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।