नेभिगेशन
सबै कुरा

चीनमा प्रधानमन्त्री ओली (तस्विरहरु)

काठमाडाैँ । ४ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका सहिदका स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले मंगलबार बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

यसअघि उनले चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ८ बुँदे सहमतिमा हस्ताक्षर  गरेका थिए । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री ओली र उनी नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रेट हल अफ पिपलमा चिनियाँ समकक्षी ली छ्याङ स्वागत गर्दै


नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङ

बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली कार्यक्रममा सरिक हुँदै प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा  मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत  गर्ने क्रममा

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले प्रस्तुत गरेको ‘गार्ड अफ अनर’ मा सहभागी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।