नेभिगेशन
सबै कुरा

मेयर बालेनले गराए काठमाडौँ १६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठको सपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित वडा नं १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका छन् । मंगलबार कमलादीस्थित मेयरको कार्यकक्षमा बालेनले श्रेष्ठलाई सपथ गराएका हुन् । 

गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी रोजिना श्रेष्ठ विजयी भएकी हुन् । उनले २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन् । उनीसँग निकटतम प्रतिस्पर्धामा रहेका नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरेका थिए । 

श्रेष्ठ निर्वाचित भएसँगै काठमाडौँ महानगरपालिकाले वडाध्यक्ष पदमा एकजना महिला प्राप्त गरेको हो । २०७४ को स्थानीय निर्वाचनमा वडा नं १४ मा शोभा सापकोटा अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । २०७९ को निर्वाचनमा अध्यक्ष पदमा महिलाको संख्या शुन्य थियो ।  

०७४ र ०७९ को निर्वाचनमा कांग्रेस उम्मेद्वार मुकुन्द रिजाल निर्वाचित भएका थिए । ०८० भदौ २१ गते रिजालको निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । रिक्त स्थानमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका थिए ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...