नेभिगेशन
सबै कुरा

मेयर बालेनले गराए काठमाडौँ १६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठको सपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित वडा नं १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका छन् । मंगलबार कमलादीस्थित मेयरको कार्यकक्षमा बालेनले श्रेष्ठलाई सपथ गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी रोजिना श्रेष्ठ विजयी भएकी हुन् । उनले २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन् । उनीसँग निकटतम प्रतिस्पर्धामा रहेका नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरेका थिए । 

Ncell
Extreme Energy

श्रेष्ठ निर्वाचित भएसँगै काठमाडौँ महानगरपालिकाले वडाध्यक्ष पदमा एकजना महिला प्राप्त गरेको हो । २०७४ को स्थानीय निर्वाचनमा वडा नं १४ मा शोभा सापकोटा अध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । २०७९ को निर्वाचनमा अध्यक्ष पदमा महिलाको संख्या शुन्य थियो ।  

०७४ र ०७९ को निर्वाचनमा कांग्रेस उम्मेद्वार मुकुन्द रिजाल निर्वाचित भएका थिए । ०८० भदौ २१ गते रिजालको निधन भएपछि रिक्त भएको स्थानमा उपनिर्वाचन भएको हो । रिक्त स्थानमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका थिए ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

सीपलाई रोजगारीमा बदल्न ढिलाइ नगर्नु : सभामुख अर्याल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा मेलाको शुभारम्भ गरिएको थियो । कार्यक्रममा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति  थियो । युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा,...
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री भन्छन्– प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्नुहुन्छ

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।