नेभिगेशन
सबै कुरा

काठमाडौँ १६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठले गरिन पदभार ग्रहण, जनताको सेवामा लागिरहने प्रतिबद्धता

काठमाडौँ । काठमाडौँ १६ की निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठ पदभार सम्हालेकी छिन् । मंगलबार महानगरपालिकाका मेयर बालेन शाहले पद तथा गोपनियताको सपथ गराएसँगै उनले कार्यालय पुगेर पदभार सम्हालेकी हुन् । 

पदभार सम्हाल्दै गर्दा आफूले एउटा फाइल अगाडि बढाएको उनले बताइन् । ‘कार्यालयमा आएसँगै ३ फाइल आए । १ फाइलको प्रक्रिया अगाडी बढाइसक्यौँ, २ फाइल अध्ययन गर्न बाँकी छ । त्यो अध्ययन गरेर अघि बढ्छ ।’, नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठले भनिन् । 

त्यस्तै पदभार सम्हाल्दै गर्दा उनी आफू जनताको सेवाका लागि आएको र सँधै गरिरहने बताएकी छिन् । ‘जनताको सेवाका लागि आएको हुँ । सँधै सेवामा लागिरहन्छु ।’, श्रेष्ठले भनिन् । 

त्यस्तै उनले काठमाडौँ महानगरपालिका, त्यसका जनप्रतिनिधि सबैसँग सहकार्य गरेर अघि बढ्ने र विकासमा तिव्रता दिइने बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...