नेभिगेशन
सबै कुरा

उपनिर्वाचनमार्फत माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भएको पुष्टि भएको छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका हुन् ।

Ncell
Extreme Energy

आफ्नो नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रुपमा उपनिर्वाचनलाई लिइएको उनले उल्लेख गरे । अध्यक्ष दाहालले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले ‘आफ्नो एजेन्डा र आफ्नै एकल पहिचान’का साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताए । उनले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे । 

राजनीतिक उपलब्धिको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पु¥याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको जनाउँदै अध्यक्ष दाहालले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई जनसेवामा परिचालन गरिने बताए । 

“हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ”, वक्तव्यमा उनले भनेका छन् ।

अध्यक्ष दाहालले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचित सबै जनप्रतिनिधिलाई बधाईज्ञापन गरेका छन्। उनले निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, आम जनसमुदाय तथा निर्वाचन आयोग, राष्ट्रसेवक, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवादज्ञापन गरेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

अब सांसदले सदनमा उठाएका विषयको सम्बोधन तत्कालै हुने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा उठेका विषयको तत्कालै सम्बोधनका लागि संयन्त्रलाई सक्रिय बनाएको छ ।
प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

प्रधानसेनापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि राजुनाथ पाण्डेले दिए स्पष्टीकरण

पाण्डेले विज्ञप्ति जारी गर्नुअघि उनलाई प्रधानमन्त्री बालेन शाहको टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर घटनाका बारेमा सोधपुछ गरेको स्रोतले जनाएको छ ।
ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

ग्यासको हाहाकार भएपछि संसदीय समितिले बोलायो मन्त्री

अहिले बजारमा ग्यासको हाहाकार भएपछि संसदीय समितिले छलफल चलाउने भएको छ ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै

पाँच वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदका पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

भर्खरै