नेभिगेशन
सबै कुरा

तलब खुवाउन नै नसकेपछि कर्मचारी निकाल्यौँ : स्वास्थ्यमन्त्री

कोभिड–१९ को समयमा कोभिड प्रयोजनमा विर अस्पतालमा भर्ना गरिएका करिब २ सय कर्मचारीलाई तलब खुवाउन नसकेपछि बर्खास्ती गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को कार्यम्रलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले वीरमा कार्यरत् २७६ जना करारका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नै धौ धौ परेपछि दशैँको मुखमै भएपनि निकाल्न बाध्य भएको बताएका छन् । 

Ncell
Extreme Energy

 ‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ ।’, उनले भने, ‘हिजोपनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ  सयौँ कर्मचारीलाई मैले त ९५ करोड भनेको थिए । अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रूपैंया फाजिलमा खर्च भएको छ । सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशनमा यो बाँड्ने काम भएको हो । सधैँभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’

त्यस्तै उनले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी अभाव भएको र उक्त अभाव छिट्टै समाधान हुने समेत बताए । उनले भने, ‘चाँडोभन्दा चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गरेर काम गर्ने प्रकृया अघि बढाउँछौँ’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड