नेभिगेशन
सबै कुरा

तलब खुवाउन नै नसकेपछि कर्मचारी निकाल्यौँ : स्वास्थ्यमन्त्री

कोभिड–१९ को समयमा कोभिड प्रयोजनमा विर अस्पतालमा भर्ना गरिएका करिब २ सय कर्मचारीलाई तलब खुवाउन नसकेपछि बर्खास्ती गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । 

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को कार्यम्रलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले वीरमा कार्यरत् २७६ जना करारका स्वास्थ्यकर्मीलाई तलब खुवाउन नै धौ धौ परेपछि दशैँको मुखमै भएपनि निकाल्न बाध्य भएको बताएका छन् । 

CG

 ‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ ।’, उनले भने, ‘हिजोपनि म आउने बेला १० महिनादेखि तलब नपाएर बसेका सयौँ  सयौँ कर्मचारीलाई मैले त ९५ करोड भनेको थिए । अर्थ मन्त्रालयको एक अर्ब २३ करोड रूपैंया फाजिलमा खर्च भएको छ । सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशनमा यो बाँड्ने काम भएको हो । सधैँभरी फाजिलका लागि बाँड्नसक्ने अवस्था भएन ।’

त्यस्तै उनले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी अभाव भएको र उक्त अभाव छिट्टै समाधान हुने समेत बताए । उनले भने, ‘चाँडोभन्दा चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गरेर काम गर्ने प्रकृया अघि बढाउँछौँ’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना...
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

भर्खरै