नेभिगेशन
सबै कुरा

म माथि नियोजित दुव्र्यवहार भयो–सांसद सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि एक संगठनका युवाहरुले दुव्र्यवहार भएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले आफू आफ्नो निर्वाचन क्षेत्रको अनुगमनमा जाँदा कागेश्वरी मनोहरास्थित मनकामना टोलमा लागू पदार्थ र मादक पदार्थले लठ्ठ भएका युवाहरुबाट दुव्र्यवहारमा परेको बताएकी हुन् । 

Watch On

पहिरोले सो क्षेत्रको सडक नै बगाएपछि त्यसको अनुगमनमा आफू जाँदा त्यहाँको चिया पसलमा लठ्ठिएर बसेका युवाहरुले आफूलाई घेरेर अपाच्य शब्दले गालीगलौज गरेको बताएकी हुन् । ‘म त्यहाँ पुग्दा साँझ भइसकेको थियो । सुरुमा मलाई पहिरो देखाउनका लागि केही स्थानीयहरु मलाई त्यहाँ कुरेर बस्नुभएको थियो । त्यहाँ गएर म पहिरोको अवलोकन गरेर फर्किएँ ।’ उनले थपिन, ‘फर्किएर आउँदा म र मेरो स्वकीय सचिव मात्र थियौँ । त्यस समयमा त्यो चिया पसलमा १५÷२० जना युवा साथीहरु जम्मा भइसक्नु भएको थियो र उहाँहरु सामान्य अवस्थामा हुनुहुन्न थियो । उहाँहरु कोही गाँजाको नशामा लठ्ठ हुनुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । उहाँहरुले एकाएक मलाई घेर्नुभयो ।’

CG

अवलोकनपश्चात फर्किएका उनीहरुले आफूमाथि पार्टी र अन्य विविध विषयलाई जोडेर गालीगलौज गरेको बताइन् । ‘तपाईँ बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर एकाएक घेरेर मलाई प्रश्न गर्न थाल्नुभयो । चक्रव्यूहजस्तो त्यहाँ रचियो । उहाँहरुले ठूलो ठूलो आवाजमा मुख छोडेर तथानाम गाली गर्नुभयो ।’, सोबिताले भनिन्, ‘त्यतिञ्जेल मैले म तपाईँहरुको कुरा सुन्छृु, के छ राख्नुहोस भनिरहेँ, नम्र शैलीले राख्नुस् भनेँ, तर त्यहाँ एकजनाले मात्र हैन, १० जना सम्मले आफूलाई घेरेर दुव्र्यवहार गरे ।’

सांसद गौतमले जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रमै असुरक्षित भएको र कुनै राष्ट्रिय दलको भातृ सङ्गठनका युवा नेताहरुले आफूमाथि दुव्र्यवहार गरेको भन्दै संसदमा सुरक्षामा माग गरेकी छिन् । त्यस्तै उनले आफ्ना कार्यकर्ताहरुले गरेको हर्कतको जिम्मेवारी सम्बद्ध राष्ट्रि दलले लिने नलिने भन्दै प्रश्न उठाएकी छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ५ः३५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम...
मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले आफ्नै घाँटी रेटे

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले आफ्नै घाँटी रेटे

इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेश सोमबार राति रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेका थिए। त्यही क्रममा पति–पत्नीबीच घरेलु विवाद चर्किंदा घटना घटेको प्रहरीको प्रारम्भिक निष्कर्ष...
कम्बोडिया पठाउने भन्दै  लाखौँ रकम ठगी आरोपमा लामा पक्राउ

कम्बोडिया पठाउने भन्दै  लाखौँ रकम ठगी आरोपमा लामा पक्राउ

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।