नेभिगेशन
सबै कुरा

म माथि नियोजित दुव्र्यवहार भयो–सांसद सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि एक संगठनका युवाहरुले दुव्र्यवहार भएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले आफू आफ्नो निर्वाचन क्षेत्रको अनुगमनमा जाँदा कागेश्वरी मनोहरास्थित मनकामना टोलमा लागू पदार्थ र मादक पदार्थले लठ्ठ भएका युवाहरुबाट दुव्र्यवहारमा परेको बताएकी हुन् । 

पहिरोले सो क्षेत्रको सडक नै बगाएपछि त्यसको अनुगमनमा आफू जाँदा त्यहाँको चिया पसलमा लठ्ठिएर बसेका युवाहरुले आफूलाई घेरेर अपाच्य शब्दले गालीगलौज गरेको बताएकी हुन् । ‘म त्यहाँ पुग्दा साँझ भइसकेको थियो । सुरुमा मलाई पहिरो देखाउनका लागि केही स्थानीयहरु मलाई त्यहाँ कुरेर बस्नुभएको थियो । त्यहाँ गएर म पहिरोको अवलोकन गरेर फर्किएँ ।’ उनले थपिन, ‘फर्किएर आउँदा म र मेरो स्वकीय सचिव मात्र थियौँ । त्यस समयमा त्यो चिया पसलमा १५÷२० जना युवा साथीहरु जम्मा भइसक्नु भएको थियो र उहाँहरु सामान्य अवस्थामा हुनुहुन्न थियो । उहाँहरु कोही गाँजाको नशामा लठ्ठ हुनुहुन्थ्यो, कोही रक्सीले मात्तिएको हुनुहुन्थ्यो, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । उहाँहरुले एकाएक मलाई घेर्नुभयो ।’

अवलोकनपश्चात फर्किएका उनीहरुले आफूमाथि पार्टी र अन्य विविध विषयलाई जोडेर गालीगलौज गरेको बताइन् । ‘तपाईँ बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर एकाएक घेरेर मलाई प्रश्न गर्न थाल्नुभयो । चक्रव्यूहजस्तो त्यहाँ रचियो । उहाँहरुले ठूलो ठूलो आवाजमा मुख छोडेर तथानाम गाली गर्नुभयो ।’, सोबिताले भनिन्, ‘त्यतिञ्जेल मैले म तपाईँहरुको कुरा सुन्छृु, के छ राख्नुहोस भनिरहेँ, नम्र शैलीले राख्नुस् भनेँ, तर त्यहाँ एकजनाले मात्र हैन, १० जना सम्मले आफूलाई घेरेर दुव्र्यवहार गरे ।’

सांसद गौतमले जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रमै असुरक्षित भएको र कुनै राष्ट्रिय दलको भातृ सङ्गठनका युवा नेताहरुले आफूमाथि दुव्र्यवहार गरेको भन्दै संसदमा सुरक्षामा माग गरेकी छिन् । त्यस्तै उनले आफ्ना कार्यकर्ताहरुले गरेको हर्कतको जिम्मेवारी सम्बद्ध राष्ट्रि दलले लिने नलिने भन्दै प्रश्न उठाएकी छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

एमालेको घरजग्गामा मन्त्रालयको ३० लाख, रकम निकासा रोकिदा सिन्धुलीमा विवाद

भवन निर्माण, मर्मत, रङरोगनका लागि यस अघि पनि बजेट विनियोजन भएपनि यसबर्ष फिल्डमा गएर बुझ्दा पार्टीको नाममा घरजग्गा देखिएको र वडा नम्बर–६ मा आजाद स्मृति भवनको सामाजिक संस्था...
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

डिएफओ शाहमाथि कार्यकक्षमै कुटपिट, (भिडियाे)

शाहका अनुसार, उनी फिल्डबाट फर्किंदा कार्यकक्षमा बसेका तीन व्यक्तिले करार सेवाबाट कर्मचारी हटाएको विषयमा विवाद गर्दै आक्रमण गरेका थिए। ढाड र अनुहारमा मुक्का प्रहार भएको र नाकबाट रगतसमेत...