नेभिगेशन
समाज

निर्वाचनमा नैतिकता कायम राख्न टिकटक र आयोगबीच सहकार्य

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरूपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौँमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरूपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरूपयोग हुनसक्ने आंकलन गरेर पहिचान गरिसकेको बताएका हुन् । 

Ncell
Extreme Energy

प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल पार्ने, बिथोल्ने, निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने धेरैतिरबाट प्रयास हुनसक्ने उनले बताए । 

उनले विश्वको नजर नेपालको निर्वाचनमा रहेकाले निर्वाचनलाई सघाउन टिकटकले गरेको सहयोग सराहनीय रहेको धारणा रराखे । 

निर्वाचन नैतिकता प्रवद्र्धनका लागि टिकटकसंगको सहकार्यले भ्रामक सूचनाबारे सचेतना अभिबृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागीतालाई टेवा पुराउने आयोगको विश्वास छ । निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलव्ध गराउने लक्ष्य राखिएको टिकटकका प्रतिनिधिहरुले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।