नेभिगेशन
मुख्य समाचार

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जना हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीविरुद्ध सात दिनको म्याद थप गरिएको छ ।

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

CG

निजविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । प्रहरीले निजका साथबाट चक्कु, चप्पल, सल, प्रयोग गरिएका कपडा बरामद गरेको छ ।

गत पुस २६ गते बिहान ९ः३० बजेको समयमा सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या गरेको अवस्थामा शव भेटिएको थियो । शुक्लागण्डकी फोहर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी नगरपालिका–११ का ३९ वर्षीय नारायण विक, भिमाद नगरपालिका–८ का ५८ वर्षीया देउमाया थापा र नामथर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेलापरेको थियो ।

घटनापश्चात् तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो । नाम, थर र वतन नखुलेका ती पुरुषको शव सनाखतका लागि हुलिया परिपत्र गरी शवगृहमा राखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल

राष्ट्रिय सहिद दिवसका अवसरमा शुक्रवार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ मा आयोजित ‘जेनजी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज...
गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

गृह मन्त्रालयबाट सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा, २०८२’ जारी गरिसकेको छ ।
राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

राष्ट्रिय युवा सङ्घको जिम्मेवारी महाराज गुरुङलाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका हुन ।
प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’

पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरु निर्वाचनलाई गलत ढंगले प्रभावित पार्ने कोशिशमा रहेको भन्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन...